खोटाङ्ग/ प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक एकसय बीस जना प्रहरी नायव उपरीक्षक (डिएसपी) हरुको सरुवा गरेको छ। भाद्र महिनाको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि प्रहरी प्रधान कार्यालयले डिएसपीहरुको सरुवा गरेको हो।

कार्यक्षमता र अपराध अनुसन्धानमा काबिल ठहरिएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी मञ्जिल मुकारुङको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा भएको छ । नागरिक प्रति सधैँ उत्तरदायी मुकारुम प्रहरी निरीक्षक हुँदा देखि नै अपराध अनुसन्धान र योजना निर्माणमा काबिल अफिसरको रुपमा प्रहरी भित्र चर्चित प्रहरी अधिकृत हुनुहुन्छ।

पछिल्लो समय मुकारुङले जिल्ला प्रहरी कार्यालय खोटाङमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएपछि अनुसन्धान रोकिएका बिभिन्न पुराना (पेन्डिङ) मुद्धाहरुको अनुसन्धानलाई निचोडमा पुर्‍याउनुका साथै प्रभावकारी रुपमा पिडित पुनः भेटघाट कार्यक्रम, ट्राफिक सचेतना, लागुऔषध दुब्र्यसनी बिरुद्धका अभियानहरुलाई सञ्चालन गर्नुभएको थियो।

यसैगरी खोटाङ प्रहरीले २०७८ पौष ८ गते देखि नै हराइरहेका खोटेहांङ गाउँपालिका–३ बस्ने १६बर्षीय राजेश राईलाई भारतको जम्मु काश्मिर उदमपुरको पलास बाल आश्रमबाट देल्ली सी.डब्लु.सी.नामक संस्थासँग आवश्यक समन्वय गरी नेपाल ल्याएको थियो। asi

खोटाङ प्रहरीको यो कार्यको खोटाङ जिल्ला भर नै नागरिक स्तरबाट प्रशंसा भएको थियो भने यो कार्यको कदर गर्दै कोसी प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय खोटाङको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी सहायक निरीक्षक सृजना राईलाई साउन महिनाको Best Police Of The Month घोषणा गरेको थियो।

खोटाङमा अब भने नयाँ प्रहरी प्रमुखको रुपमा डिएसपी पुरुषोत्तम खड्का सरुवा भएर आउने हुनुभएको छ। उहाँ हाल नेपाल प्रहरी तालिम युक्ति महाविद्यालय जर्गाहामा कार्यरत हुनुहुन्थ्यो।