इटहरी/ सुनसरीको इटहरी ३ तालतलैयामा भदौ १ गते(शनिबार) बिबिध साहित्यिक /साँस्कृतिक कार्यक्रम हुने भएको छ। तालतलैया कला साहित्य साँस्कृितक समाजको आयोजनामा कार्यक्रम हुने भएको हो।

कार्यक्रममा बिभिन्न जातजातिका सँस्कृति झल्काउने नृत्य प्रस्तुत गर्ने तालतलैया कला साहित्य साँस्कृितक समाज इटहरीले जनाएको छ।

तालतलैयालगायत अन्य पर्यटकीय क्षेत्रहरुको प्रवर्धन गर्नुका साथै कार्यक्रममा बिभिन्न क्षेत्रमा रहेर कलम चलाउने साहित्यकारहरुका साहित्यिक रचना बाचन गर्ने समाजका अध्यक्ष सुधिर केसीले बताउनुभयो। उहाँले कार्यक्रममा स्थानीय बिभिन्न भजन समुहले भजन किर्तन प्रस्तुत गर्ने बताउनुभयो।

यस्तै कार्यक्रममा संगिनि, बालन प्रस्तुत गर्नुका साथै नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर दर खुवाउने जनाईएको छ।