१ नम्बर प्रदेशको राजधानी मोरङ्गको गोठगाउँ हुने लगभग पक्का भएको छ। हाल अस्थाई राजधानी बिराटनगरको पक्षमा बहुमत सांसद देखिएपछि बिराटनगरको बिकल्पमा गोठगाउँमा राख्न नेकपाका सांसदहरु सहमत भएका हुन्।

राजधानीको लागी मतदान गर्नुपर्ने भए मतदानमा नै जाँदा बिराटनगरको पक्षमा मत नआउने निश्चित प्राय भएको छ। बिराटनगरको बिकल्पमा मोरङमै राजधानी राख्न मोरङका शक्तिशाली सांसदहरुले निश्कर्ष निकाकेका नेकपाबाट निर्वाचित मोरङ्गका एकजना सांसदले पूर्वी खबरलाई नाम उल्लेख नगर्ने शर्तमा बताएका छन्। बिराटनगर बाहिर स्थायी राजधानी बनाउनेपर्ने बिषयले प्रदेश नम्बर १मा चर्चा पाएसँगै यस बिषयमा दुई तिहाइ बढि सांसदहरुको साझा मत तयार भएको छ।

प्रदेश १का इटहरी, धरान र धनकुटाले स्थायी राजधानीको माग गरेजस्तै उत्तरी मोरङले पनि स्थायी राजधानी हुनुपर्ने दबाब दिइरहेको छ। बिराटनगर पनि समेटिने मोरङकै उत्तरी क्षेत्रले पनि पूर्वाञ्चल बिश्वविद्यालय क्षेत्रमा अस्थायी राजधानी बनाउने यसअघि नै माग गरेको थियो।

सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्राचार गरेर पुर्वाञ्चल बिश्वबिद्यालयको नाममा रहेको ८ सय ५ बिगा बढी जग्गाको ३ सय ५० बिगाहा क्षेत्रमा राजधानी बनाउन आग्रह गर्नुभएको थियो। सुन्दरहरैँचा नगरकार्यपालीका निर्णय नै गरेर २०७४ साल मंसिर २६गते प्रधानमन्त्री देउवालाई बोद्यार्थ दिएर शहरी बिकास मन्त्रालयलाई पत्राचार गरेको थियो।

हाल गोठगाउँमा पनि स्थायी राजधानीका लागि माग हुन थालेको छ। असोज १५ र १६ गते भएको नेकपाको संसदीय दलको बैठकले प्रदेश १ को स्थायी राजधानीका लागि इटहरी र धनकुटापछि धेरैले गोठगाउँ प्रस्ताव गरेका थिए। पूर्वका धेरैजनाले बिराटनगरभन्दा सुन्दरहरैचा नगरपालीकामा रहेको गोठगाँउको पुर्वाञ्चल बिश्वबिद्यालय परिषरमै प्रदेश १ को राजधानी हुनुपर्ने बताइरहेका छन्।

१०वटा अत्याधुनिक भवनहरु भएको बिश्वबिद्यालयको जग्गा र संरचनाहरु भएकाले गोठगाउँनै राजधानी हुनपर्ने स्थानीयको माग छ। राजधानीको बहस बिशेषत बिराटनगर, ईटहरी, धरान र धनकुटाको बिषयमा चल्दै आएको भएपनि धनकुटालाई प्रदेश स्तरीय शिक्षा र स्वास्थ्यको मुख्यकार्यालय दिएर धनकुटालाई मौन बनाईएको छ।

९३ सांसदमा ६७जना संख्या भएको नेकपाको बैठकले राजधानीको बिषयमा जुन ठाउँ सार्वजनिक गर्दै समर्थन गर्छ त्यै पारित हुने भएकोले राजधानीको मुद्दामा सबैले चासो दिईरहेका छन्।

अधिकांस सांसदहरु बिराटनगरको बिकल्प इटहरी, धरान र धनकुटा भन्दा गोठगाउँ राम्रो हुने भएकोले मोरङका सांसदले यो बिकल्पको तयारी गरेको ति सांसदले पूर्वी खबरलाई टेलिफोन संवादमा बताएका छन्। उनले भने मैले भनेको भनेर मेरो हवालादिँदै समाचार नलेख्नु गोठगाउँ पक्का हो।

पूर्वी खबरको सर्वेक्षणमा पनि इटहरीपछि गोठगाउँकै पल्लाभारी

यसअघि असोज १६ गते मंगलबार पूर्वी खबरले राजधानीको बिषयमा आफ्ना पाठकसामु मत जाहेर गर्न अपिल गरेकोमा इटहरी पछाडी धेरैले गोठगाउँ नै उपर्युक्त हुने मत जाहेर गरेका थिए। सो सर्वेक्षणमा १९१ जनाले इटहरीको पक्षमा ४७ जनाले गोठगाउँको पक्षमा, ४६ जनाले धरानको पक्षमा, १४जनाले बिराटनगरको पक्षमा, ११जनाले धनकुटाको पक्षमा, ६जनाले मोरङ्गको केराबारीस्थित खदम खोलालाई नियन्त्रण गर्दै सो क्षेत्रमा हुनुपर्ने भनेका थिए।

यसैगरी पथरीशनिश्चरेको पक्षमा ३जना, रतुवामाई नगरपालिकाको पक्षमा दुईजना, इनरुवाको पक्षमा २जना, संखुवासभाको चैनपुरको पक्षमा ३जना, यस्तै सुनसरीको चतराको पक्षमा एकजना, खोटाङ्गको पक्षमा एकजना, सुनसरीको तरहराको पक्षमा एकजना अनि ८४ जनाले कमेन्ट गर्दै आफ्नो मत जाहेर गरेका थिए।