सुनसरी/ अस्पतालमा उपचारार्थ गएकी धरानकी संजिता धमलालाई अभद्र व्यवहार गर्ने सातजनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले बुधबार र आज बिहिबार पक्राउ गरेकाहरुलाई सार्वजनिक गरेको हो।

धरान १८स्थित बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे गर्ने लाईनमा बसिरहेकी धमलालाई गर्धनमा समाई, कपाल जगल्टाई घिसारी लछारपछार पार्दै अभद्र व्यवहार गरेको भन्दै प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो। 

धमलाको जाहेरीका आधारमा धरान १५की ४२बर्षीया चन्द्रकला थेवे, धरान १की ३४बर्षीया मुना राई, धरान १७ की ५६बर्षीया प्रमिला राई र ३५बर्षीया सिर्जना बेघा लिम्बु अनि ४०बर्षीय पूर्ण वान्तवा राई, धरान ११की ४५बर्षीया शर्मिला राई, धरान १ की ५२ बर्षीया शर्किनी थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।   

जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ७ दिनको म्याद लिई उनिहरु माथी अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीमार्फत जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको र घटनामा संलग्न भई फरार रहेका अन्यको खोजी भईरहेको सुनसरी प्रहरीले जनाएको छ।