काठमाण्डौ/ संघीय राजधानीको सिनामङलस्थित काठमाण्डौ मेडिकल कलेज (केएमसी) ले कलेजो प्रत्यारोपणको अनुमति पाएको छ। स्वास्थ्य सेवा विभागले केएमसीलाई भदौ ५गते कलेजो प्रत्यारोपणको अनुमति प्रदान गरेको हो।

यसअघि मृगौला प्रत्यारोपणको अनुमति पाएको केएमसीले अव कलेजो प्रत्यारोपणको पनि अनुमति पाएको छ। मानव शरिरमा कलेजो प्रत्यारोपण गर्न अनुमति मागेको केएमसीले दिएको दरखास्त जाँचबुझ गरेर कलेजो प्रत्यारोपण गर्न अनुमति दिएको स्वास्थ्य सेवा विभाग, मानव अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयकी कानून अधिकृत सीता घिमिरेले जानकारी दिनुभयो।

घिमिरेले केमएसीलाई कलेजो प्रत्यारोपण गर्न दिने निर्णय गत भदौ ५ गते भएको भन्दै अनुमतिपत्रको वहाल दुई वर्षसम्म रहने जानकारी दिनुभयो। कलेजका सञ्चालक डा.सुनील शर्माले कलेजो प्रत्यारोपण गर्न अनुमति पाएको भन्दै कलेजो प्रत्यारोपणको काम शुरु गर्ने जानकारी दिनुभयो।

cithi

पछिल्लो समयमा निजी मेडिकल कलेजहरुको क्षमता बिस्तार हुने क्रम बढेको छ। मेडिकल कलेजहरुले मानव अंगहरुको प्रत्यारोपणका लागि अनुमति पाएका छन्। मृगौलालगायत जटिल कलेजो प्रत्यारोपण स्वदेशमा हुँदा विदेश जानुपर्ने वाध्यताको अन्त्य भएको छ।