इटहरी/ सुनसरीको इटहरी ४स्थित बेदान्त हस्पिटलमा सातामा दुईपटक स्त्री तथा प्रसुती रोगको उपचार हुने भएको छ। हस्पिटलमा डा.सबिना लामिछानेको सेवा सातामा दुईपटक पाईने भएको हो।

हस्पिटलमा सातामा दुईपटक मंगलबार र शनिबार डा.सबिना लामिछानेको सेवा प्राप्त गर्न सकिने हस्पिटलले जनाएको छ। लामिछानेले बाँझोपन, पाठेघरको समस्या, महिनाबारी गडबडी हुने, योनीबाट पानी बग्ने, निसन्तान सम्बन्धी रोगको उपचार गरिने हस्पिटल प्रशासनले जानकारी दिएको छ।

लामिछानेको सेवा मंगलबार बिहान १२ बजेदेखि दिउँसो १ बजेसम्म र शनिबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म प्राप्त गर्न सकिने हस्पिटल प्रशासनले जनाएको छ।

हस्पिटलले आर्थिक मन्दिको चपेटामा परेका बिपन्न तथा गरिब समुदायलाई लक्षित गर्दै  जेनेरल फिजिसियन(एमबिबिएस डाक्टर) को चेकजाँच सय रुपैँयामा गर्ने र ब्लड सुगर जाँचमा खालि पेट र खानापछिको चेकअप २५रुपैँयामा गर्ने गरेको अस्पतालका प्रबन्धक निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

हस्पिटलमा २४ सै घण्टा डाक्टरहरुद्वारा इमरजेन्सी सेवा, डिजिटल एक्सरे सेवा, 4D मेसिनद्वारा भिडियो एक्सरे सेवा, फार्मेसी, ल्याब, हाडजोर्नी तथा नसा रोग बिशेषज्ञबाट C-Arm machine प्रबिधिबाट भाँच्चिएको हड्डिलाई सिधा गरि के वार वा प्लेटिङ्ग गरि अप्रेसन गरिने पनि श्रेष्ठले बताउनुभयो। हस्पिटलले सर्जरी सम्बन्धी सम्पुर्ण अप्रेसन सेवा २४ सै घण्टा उपलब्ध गराउँदै आएको छ।

हस्पिटलमा प्रत्येक दिन बिभिन्न रोगको विभिन्न बिशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्दै आएका छन्। स्वास्थ्य सेवा सम्बन्धी थप जानकारी आवश्यक परे बेदान्त हस्पिटल प्रा.लि.मा 9811337132 वा 025587584 सम्पर्क गरेर जानकारी प्राप्त गर्न सकिने हस्पिटलका प्रवन्ध निर्देशक इन्द्र श्रेष्ठले बताउनुभयो।

-ADVT