इटहरी/ इटहरी उपमहानगरपालिकाद्वाारा हुँदै आएका गतिविधीबारे स-साना कार्यमा एमाले नेतृत्वद्वारा अड्को थाप्ने र चर्को आलोचना गर्ने गरेको भन्दै मेयर हेमकर्ण पौडेलले ब्यङग्य गरेका छन्। मेयर पौडेलले परिपक्क नेतृत्व नहुँदा समस्या भएको भन्दै ब्यङग्य गरेका हुन्।

२०७९को स्थानीय तह निर्वाचनबाट इटहरीमा नेपाली कांग्रेसले मेयरसहित पाँचवटा वडा जितेको छ भने उममेयरसहित १५वटा वडा एमालेले जितेको छ। वडा नम्बर १४मा वडाध्यक्षसहित सम्पूर्ण सदस्य एमालेबाट असन्तुष्ट भएर वाघी उम्मेदवार बनेकाले जितेपनि अन्तिममा उनिहरु एमाले प्रवेश गरेका थिए।

यस हिसावले इटहरीको कार्यपालिकामा एमालेको बहुमत छ । तर, एमाले नगर अध्यक्षले स-साना कार्यमा सस्तो लोकप्रियताका लागि अड्को थाप्ने र कार्यकर्ता प्रयोग गरेर आलोचना गर्न लगाउने गरेको मेयर पौडेलले आरोप लगाएका छन्। 

मेयर पौडेलले भनेका छन, ‘सस्तो नारा पनि निल्नु न ओकल्नु भयो इटहरीमा, अब म चकलेट बोकेर हिड्नु गोजीमा ? नेतृत्वमा परिपक्कता हुनु जरुरी छ, सिगानेहरुलाई नेता बनाएपछि मुलुकको प्रमुख राजनीतिक दलको हविगत हुने रहेछ, जनतामा निराशा यस्तै चरित्रका पात्रले गर्दा हुने रहेछ, मेरो इटहरीको अवस्था’ ।

केन्द्र र प्रदेशमा कांग्रेस एमालेको गठबन्धन छ तर इटहरीमा भने एमालेले नौटन्की देखाउने गरेको भन्दै कहिले उपभोक्ता उचालेर नगरपालिका अगाडी आन्दोलन गराउँने कहिले जनप्रतिनिधीहरुलाई सभा बहिष्कार गर्न लगाउने गरेको भन्दै यसरी गठबन्धनकै सरकार हुँदा इटहरी एमाालेले सहमतीको डोरी बाध्नु पर्ने हैन र ? भन्दै मेयर पौडेलले ब्यङग्य गरेका छन्।