बिराटनगर/ आमरण अनशन शुरु गर्नुभएका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍याएको छ। निषेधित क्षेत्रमा अनशनमा बस्नु भएका पूर्वमुख्यमन्त्री कार्कीलाई प्रहरीले साँझ नियन्त्रणमा लिएर घर पुर्‍याएर छोडेको छ।

कार्कीलाई नियन्त्रणमा लिनुअघि अनशनस्थलमा केही बेर प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप समेत भयो । कार्कीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बल प्रयोग गरेको हो।

नेबिसंघ आवद्द बिद्यार्थीले नियन्त्रणमा लिन गएको प्रहरीलाई रोक्न खोजेपछि प्रहरीले लाठिचार्ज समेत गरेको थियो।

प्रहरीले अनशनस्थलबाट नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसिम आलम, विराटनगर महानगर ६ का अध्यक्ष हरिशचन्द्र सहनीलगायतलाई पक्राउ गरेको छ।