पोखरा/ पोखरामा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी गरिएको छ। पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका लामिछानेलाई सहकारी पिडितले कालो झण्डा र नाराबाजी गरेका हुन् ।

गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका लामिछानेलाई सहकारी पिडितले कार्यक्रमस्थल पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटबाहिर कालो झण्डा र नाराबाजी गरेका हुन्।

पोखराको सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताहरुले कालोझण्डा देखाउदै आफुहरुको बचत रकम फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए। सहकारी पीडितको प्रदर्शनका कारण सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

-न्युज कारखाना