इटहरीमा भयो ब्राम्हणकी छोरी र विश्वकर्माको छोराबीच मागी विवाह

  • पूर्वी खबर
  • प्रकाशित मिति: मंसिर १३, २०७६

इटहरी/ समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई व्यवहारिक रुपमा देखाएका छन इटहरीका दुई युवा सामाजिक अभियन्ता मिरा रेग्मी र उमेश सेन्च्युरीले। रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि परम्परागत रुपमा दुई अन्तरजातीय समूहका युवा–युवतीबीच मागी विवाह गरेर समाजलाई चेतनामुलक सन्देश दिएका हुन्। pic 2

इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्च्युरी विश्वकर्मा र इटहरी ५ जनता वस्ती निवासी मिरा रेग्मीबीच विहिबार इटहरीको लाययन्स क्लबको भवनमा धुमधामका साथ पौराणिक हिन्दु रितिरिवाज अनुसार विवाह गरे। नवविवाहित जोडी उमेश र मिरा बाल्यकालबाटै सकारात्मक परिवर्तनका अभियन्ता हुन। बाल समूहबाट स्थानीय स्तरमा स्थापित हुँदै कलमको माध्यमले जातिय विभेद र असमान मूल्य मान्यतालाई चिर्दै हानिकारक मनोविचार बिरुद्ध अभियानहरु संचालन गरी सामाजिक रुपमा स्थापित दुवै ससक्त युवा सहकर्मी हुन् pic 3

बिद्यमान जातीय विभेद र छुवाछुतको अवस्था अझै पनि राष्ट्रको ठूलो चुनौतीको रुपमा रही आएको नेपाली समाजमा दलित र गैर दलितबीच अझै मागी विवाह हुन सक्ने अवस्था आएको छैन । समाजमा अझै पनि दलित र गैरदलितबीच ठूलो विभेद कायमै रहेको छ। तर ब्राह्मण समुदायकी छोरी र र दलित समुदायको छोराबीच मागी विवाह गर्नु नै समाजको लागि पुरातनवाद बिरुद्दको ठूलो र सकरात्मक परिवर्तनको प्रयास हो। pic

सो वैवाहिक अवसरमा दम्पतिलाई आशिर्वाद प्रदान गर्न इटहरीका अग्रज, समाजसेवी, मिडियाकर्मीका,न्याकर्मी,महिला अधिकारकर्मी तथा सचेत युवाहरुको बाक्लो उपस्थित थियो । हर्षित मुद्रामा उपस्थिति जनाएका सम्पुर्ण समुदायका पाहुनाहरुले नवदम्पतीले अबको युवापुस्तालाई जातीय भ्रमदेखि उन्मुख हुनका लागि निकै ठुलो उदाहरण पेस गरेको भन्दै विवाहको शुभकामना दिए।

समाजमा अहिले पनि जातीय छुवाछूत र अन्तरजातीय विवाहकै कारण मृत्युहुन पर्ने अवस्थामा आफुहरुले समाज रुपमान्तरणमा सफल र नमूना जोडीको सन्देश दिन दलित र गैरदलितबीचको मागी विवाह सुरु गरेको मिरा रेग्मीले बताइन्।

मिरालाई साथ दिदै उमेश सेन्च्युरीले भने,‘ हामीले जस्तै मागी विवाहको सुरुवात सबै युवापुस्ताले गरे ,समाजको विभेद केही हदसम्म हट्छ। ’आठ बर्षदेखि अध्ययनको शिलशिलामा अस्ट्रेलिया बसोबास गर्दै आएका नवदम्पती सामाजिक न्यायका लागि सक्रिय छन् ।

(समाजमा ब्याप्त कुरिति बिरुद्व धावा बोल्दै गरिएको अन्तरजातीय विवाहको यो समाचार हामीले दलित अनलाईन बाट लिएका हौँ।)


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved