सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले सुनसरी जिल्लाका इटहरी, इनरुवा, रामधुनी, बराहक्षेत्र र गढी लगायतका ५ वटा पालिकाका ४८ वटा वडाहरुमा आफ्नो सेवा दिएर त्यहाँका स्थानीयहरुको दु:ख सुखमा साथ दिँदै सबैको मन जित्दै आएको छ ।

14b294ac-ba59-4ef7-b7f5-4267edad5959

शनिबार संस्थाले इटहरीमा एक विशेष कार्यक्रमको आयोजना गरी आ.व. २०८१/८२ देखि २०८४/८५ सम्म ४ वर्षका लागि "४ वर्षिय रणनीतिक व्यवसायीक योजना" को छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोही कार्यक्रममा उपस्थित प्रतिनिधि सदस्यहरु, सल्लाहकारहरु र संचालक समिति र कर्मचारीहरुले छलफल मार्फत ४ वर्षे योजनालाई अन्तिमरुपको लागि सिफारिस गरेका हुन् ।

d391cdc8-8684-4c42-96bf-1fb3df8a3833 1

योजनामा बचतकर्ता तथा सदस्यहरुको मन जित्ने कार्यक्रमहरु समावेश गरिएको छ । योजनामा बचतकर्ता, युवा, विद्यार्थी, विपन्न परिवार, ज्येष्ठ नागरिक लक्षित लगायतका २७ वटा रणनीतिहरु समावेश गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले बताएका छन् । कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद गुरागाईँ (गोकुल) ले प्रमुख कार्यकारी अधिकृत बस्नेतले संस्थाको हितका लागि गरेको कार्यको मुक्तकण्ठले प्रशंसा समेत गरेका छन् ।

a3931a7f-2c8e-4c04-aa68-d4c0d6d32fab 2

संस्थामा हाल २३ हजार २ सय ९२ जना सदस्य रहेको र आगामी ४ वर्ष भित्रमा ४२ हजार बन्दा बढी सदस्य बनाउने संस्थाको लक्ष्य रहेको अध्यक्ष शालिकराम ढकालले बताए । देशमा केहि सहकारी सम्बन्धि विभिन्न हल्लाहरु सुनिएको भए पनि किसान कल्याणमा भने ढुक्क भएर कारोबार गर्न अध्यक्ष ढकालले आग्रह गरेका छन् । किसान कल्याणमा कर्मचारी प्रशासन पनि चुस्त दुरुस्त र प्रविधिमैत्री सेवा भएको प्रमुख अतिथि कोशी प्रदेशकि पूर्व उपसभामुख सरस्वती पोखरेलले बताउनु भएको छ । साथै इटहरी उपमहानगरपालिकाकि पूर्व उपप्रमुख लक्ष्मी गौतमले आफू पनि संस्थाको सदस्य भएको र संस्थाले आफ्नो मन जितेको र संस्थाबाट आफू सन्तुष्ट भएको बताउनु भयो । साथै संस्थाले सामाजिक उत्तरदायित्वका क्रियाकलापहरु मार्फत सबैको मन जीत्न सफल भएको संस्थाका सचीव महेश रेग्मी बताउँछन् । त्यसैगरी यस संस्थाका संचालक समिति सदस्यहरुले संस्थाबाट ऋण लिन नपाउने नियमका कारण आर्थिक हिनामिना हुने चान्स नै नहुने कार्यक्रममा सहभागी सदस्यहरुले बताए ।

09094660-ef38-4249-9f87-04c87f8bdafb 2