बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ का केही भूभाग कोशीपारी श्रीलंका टापुमा समेत पर्दछ । जुन ठाँउलाई सुगम सुनसरीको दुर्गम गाउँका रुपमा हेर्ने  गरिन्छ । शैक्षिकसत्र २०८० सम्म त्यहाँका विद्यार्थीहरु कक्षा-९ र १० पढ्न रामपूर, भागलपुर, चक्रघट्टी लगायतका ठाँउमा जानू पर्ने बाध्यता थियो । धेरै पहल गर्दा समेत उक्त ठाँउमा मा.बि. विद्यालय बन्न सकेन । जब बराहक्षेत्र नगरपालिकामा नेपाली काङ्ग्रेसका युवा नेता रमेश कार्की मेयर भए तब उनले चुनाव ताका बोलेको वचन पूरा गरि स्थानीय जनता आधारभूत विद्यालयको स्तरउन्नति गरि मा.बि. बनाएका छन् ।

m 2

यसै शैक्षिकसत्र २०८१ देखि जनता मा.बि.मा कक्षा-९ को पढाई सुचारु भएकोमा स्थानीयहरु निकै नै हर्षित भएका छन् । मा.बि. भए संगै विद्यालयमा नयाँ युवा प्र.अ. रामकुमार मण्डल नियुक्त भएका छन् । साथै अन्य दरबन्दीहरु समेत थप भएका छन् । युवा प्र.अ. आए संगै विद्यालयले चौतर्फीरुपमा मुहार फेर्दै आएको स्थानीयहरु बताउँछन् । एउटा सानो कम्प्युटर सम्बन्धि काम पर्दा पनि चक्रघट्टी नै पुग्नु पर्ने समस्याको समाधान भएको, भएका कम्प्युटरहरुको समेत मर्मत भएको शिक्षकहरु बताउँछन् । युवा प्र.अ. आए संगै विद्यालय पहिले भन्दा सिस्टममा चलेको स्थानीयहरुले बताएका छन् ।

805a9d86-20d0-4a07-8bc5-cb071edcfc54 1

प्र.अ. भन्छन् "विद्यालयमा बि.ब्य.स.ले राम्रो साथ सहयोग गरेको छ , अध्यक्ष ज्यू पनि युवा हुनु भएको हुँदा विद्यालयको बिकास सम्भव भएको छ ।, नगरपालिकाले पनि विद्यालयलाई प्राथमिकतामा राखी हेर्ने गरेको छ, मेयर ज्यूले पनि विद्यालयको बारेमा धेरै चिन्ता लिने गर्नु भएको छ । भर्खरै अनुगमनमा मेयर आउनु भएको थियो, कुनै पनि कक्षा कोठामा पंखा थिएन, अनुगमन गरेको भोलिपल्ट नै सबै कक्षा कोठामा पंखा पुग्ने गरि नगरबाट पठाइदिनु भएको छ र जडान पनि गरिसकेको छु ।, कक्षा-९ सुचारु भए पछि डेस्क बेन्चको समेत अभाव भएको थियो त्यो पनि भन्ने बित्तिकै मेयर ज्यूले पूरा गरिदिनु भएको थियो ।"

fb53863e-9c1a-4462-9c01-2808d91c476b 2

अब आगामी वर्ष कक्षा १० चलाउन कोठाको अभाव भएको हुँदा यसको लागि पनि भवनको पहल गर्न लागि परिरहेको प्र.अ. रामकुमार मण्डल बताउँछन् । पहिले भन्दा नयाँ प्र.अ. आए संगै विद्यालयमा आकाश जमिनको फरक आएको र विद्यालयमा धेरै नै सुधार भएको शिक्षकहरुले बताएका छन् ।

c46880c0-0282-4e95-ba5e-2898900f1fb9 3