सुनसरी / सुनसरीको धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर तिलक राईले भ्रष्टाचार नगर्ने र कुनै सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ। मेयरमा निर्वाचित भएपछि बोल्दै उहाँले आफ्नो तलब सामाजिक काममा खर्च गर्ने बताउनुभयो।

मेयर राईले आफ्नो जित धरानबासीको जित भएको बताउँदै कम्युनिष्ट समेतको भोटले आफू जितेकोले कुनै किल्ला नढालेको स्पष्ट पार्नुभयो। चुनाव लड्नु अघि आफुले गरेका वाचा पुरा गरेरै छाड्ने प्रतिवद्दता पनि उहाँले दोहोर्‍याउनुभएको छ।

मेयर राईले जनताको घरदैलोमा स्थानीय तहमा देखिएको बेथितिले उपमहानगरका गौरवका आयोजना पूरा हुन नसकेकाले त्यस्ता बेथितिलाई रोक्न नेतृत्व परिर्वतन आवश्यक भएको बताउनुभएको थियो। साथै उहाँले हाल उपमहानगरमा बेथिति भएको र कर अत्याधिक बढाएको विषयलाई आफुले निराकरण गर्ने बताउनुभएको थियो।