सुनसरी/ मोरङको बेलबारीस्थित इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राई यतिबेला चर्चाको शिखरमा छन्। राईले प्रदेश १ मै पहिलोपटक ‘दुरुत्साहन मुद्धा’दायर गरेर त्यसको अनुसन्धान थालेपछि चर्चा चुलिएको हो।

सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ मा गएको चैत ११ गते स्थानीय प्रेम राईले एकजना महिलाको घरमा झुण्डीएर आत्महत्या गरे। विवाहित राईको शव डिभोर्स भएकी एकजना महिलाको घरमा भेटिएपछि सबैजना चकित भए।

घटनापछि प्रहरी निरिक्षक रामकुमार राई नेतृत्वको टोलीले अनुसन्धान गर्दै जाँदा प्रहरी टोलीले आत्महत्या गरेका राईको शवमा चोट देख्छ। शवको पोष्टमार्टम रिर्पाेटले पनि आत्महत्या नै भएको पुष्टि हुन्छ। तर प्रहरी अनुसन्धानले राईले कसरी ति महिलाको घरमा सुसाईड गरे र शरिरमा चोट कसरी बनाए भनेर अनुसन्धान केन्द्रित गर्दछ।

घटनाको भोलीपल्ट मृतक राईकी श्रीमती बिमलाले सम्बन्ध बिच्छेद भएकी ति शंकाष्पद महिलाको बिरुद्ध आफ्ना श्रीमानलाई आत्महत्या गराउन बाध्य बनाएको भन्दै ‘दुरुत्साहन मुद्धा’ दर्ता गरेपछि प्रहरीलाई थप अनुसन्धान गर्ने बाटो खुल्छ।

तर बेलबारी प्रहरीको लागी आत्महत्या सम्बन्धि दुरुत्साहन मुद्धा पहिलो रहेको थियो। आत्महत्या सम्बन्धि नयाँ ऐन बनेपछि सम्भवत प्रहरीले पहिलोपटक यो मुद्धाको अनुभव लिदै अनुसन्धान प्रकृया शुरु गरेको थियो। बेलबारी प्रहरीले तत्काल ति महिलालाई पक्राउ गरेर घटनाको अनुसन्धान शुरु गर्दा अनुसन्धानको क्रममा प्रेमलाई ति महिलाले कुटपिट गरेको रहस्य खुल्दछ।

प्रहरी निरिक्षक राईले घटनाको प्रारम्भिर अनुसन्धानबाट ति महिलाले मृतकसँग बार्गेनिङ्ग गरिरहेको खुलेको बताएका छन्। घटनाको दिन मृतकलाई घरमै बोलाएर पैसाको बार्गेनिङ्ग गरेपछि तनावले प्रेमले उनकै घरमा आत्महत्या गरेको खुल्न आएको प्रहरी निरिक्षक राईले बताएका छन्। बार्गेनिङ्गका बिषय भने राईले जानकारी गराएका छैनन्।

प्रहरी निरिक्षक राईले प्रारम्भिक अनुसन्धानबाट दुरुन्साहन देखिएको भन्दै ति महिलालाई म्याद थप गरी अनुसन्धानकै प्रकृयामा राखिएको जानकारी दिएका छन्। पैसाको बार्गेनिङ्ग हुदा मृतक र महिलाबीच झगडा भएको र हात हालाहालको स्थिति हुदा मृतकको अनुहारमा चोट लागेको प्रहरी निरिक्षक राईको भनाई छ।

यो घटनामा मृतकलाई ति महिलाले आत्महत्या गर्न दुरुत्साहन गरेको प्रमाणित हुने भन्दै प्रहरी निरिक्षक राईले दुरुत्साहन मुद्दामा कसैलाई पनि आत्महत्या गर्नेसम्मको अवस्थामा पुर्‍याउने ब्यक्तिलाई ५ बर्ष जेल र ५० हजार जरिवानाको हुनसक्ने प्रावधान रहेको बताउनुभयो।

नेपालको अपराध सहिंतामा यो नयाँ ऐन थपिएपछिको पहिलो मुद्धा भएको अनुभव सुनाउँदै प्रहरीनिरिक्षक राईले ‘सम्भवत यो प्रदेश १ मा पहिलो मुद्धा हुन सक्छ किन भने मिडियामा यस्तो खबर अहिलेसम्म सुन्न र देख्न पाइएको छैन’ भन्दै राईले ‘प्रहरीको लागी यो घटना लेसन बन्न सक्छ’ भनेका छन्।

यो नयाँ किसिमको मुद्दा भएपछि आत्महत्या गर्न यसले पनि सजक गराउनुका साथै कसैलाई पनि आत्महत्या गर्न जसले बाध्य पार्छ त्यो व्यक्ति पनि कानुनी दायरामा आउछु भने सोचका कारण आगामी दिनमा यस्ता प्रकारका घटनामा कमि आउने राईले बताएका छन्।

यो बिषयको अन्तिम फैसला अदालतले यसैसाता गर्ने बताइएको छ। प्रहरीका अनुसार मृतक र ति महिलाबीच लामो समयदेखि अबैध सम्बन्ध रहँदै आएको बताइएको छ।

र यो पनि :

चर्चा बटुल्दै बेलबारीका प्रहरी निरिक्षक रामकुमार राई