मोरङको बेलबारीस्थित इलाका प्रहरी कार्यालयका प्रमुख रामकुमार राई कामका कारण चर्चामा आएका छन्। काम गर्ने फरक शैलीका कारण प्रहरी निरिक्षक राई चर्चामा आएका हुन्।

पहिलोपटक ईलाका प्रहरी कार्यालयमा स्थानीयले अविवाहित अनि लक्काजवान त्यसमाथि अनुभवसमेत नभएको सुन्दा र देख्दा धेरैले काम गर्लान र भनेर बिश्वास गरेका थिएनन्। सबैसँग मिल्ने स्वभाव भएका राईको काम गर्ने शैली पुरानो तरिकाको भन्दा फरक र चुस्तदुरुस्त भएपछि राईप्रति जनताको भरोसा जागेको छ।

त्यसो त राईको कमाण्डमा करिब १२ बर्ष अघि भाउन्नेमा भएको चालक हत्याकाण्ड देखि एक दशक अघि भएका बलात्कार, लुटपाटलगायतका घटनामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन बेलबारी प्रहरी सफल भयो। त्यसपछि त जनताको नजरमा राई हाई हाई नै भए।

यस्तै सुन्दरहरैचामा भएको ट्रिपर काण्ड पछि धेरैले उनी सो काण्ड सल्टाउन असफल हुन्छन र सरुवा हुन्छन भन्ने सोच बनाएका बेला राईले चतुरतापुर्वक सो काण्डको सेफ ल्याण्डिङ्ग गराए त्यसपछि सो काण्ड सेलाएर गयो। त्यसपछि राईको उचाई थप चुलियो ।

लगत्तै बेलबारीमा भएको रमिला राई हत्याकाण्डमा संलग्न योगेन्द्र गुरुङलाई पक्राउ गरी पिडितलाई न्याय दिलाउन राई सफल भए। यी लगायत दर्जनौ काण्डमा प्रहरी निरिक्षक राईले गरेका सफल अनुसन्धान र भुमिका तारिफयोग्य रहेको स्थानीयले बताएका छन्।

राईको कमाण्डमा दुईटा फरक र नयाँ मुद्धा दर्ता
नयाँ ऐन कार्यान्वयनसँगै ईलाका प्रहरी कार्यलय बेलबारी मोरङमा दुईटा नयाँ मुद्धा दर्ता भएका छन्। प्रहरी निरिक्षक राईका अनुसार मोरङ्ग जिल्लामा पहिलोपटक सुन्दरहरैचा नगरपालिकामा बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कानुन बमोजिम बोक्सी बिरुद्धको मुद्धा र सुन्दरहरैचामा नै भएको एक घटनालाई लिएर दुरुत्साहन मुद्धा दर्ता भएको छ।

करिब २ साताअघि सुन्दरहरैचामा बोक्सीको आरोपमा बृद्धबृद्धालाई कुटपिट गर्नेहरुलाई मुद्धा चलाईएको छ भने एक महिनाअघि हरैचामा एक ब्यक्तिले आत्महत्या गरेको र उनलाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा सोही ठाँउकी एक महिलालाई दुरुत्साहन मुद्धा दर्ता गराई म्याद थप गरिएको राईले जानकारी दिएका छन।

नयाँ ऐन अनुसार कसैलाई आत्महत्या गर्न बाध्य बनाईएको पाईएमा दुरुत्साहन मुद्धा लाग्ने गरेको छ। सोही आरोप प्रमाणित भएमा पाँच बर्षसम्म जेल सजाय र ५० हजार सम्म जरिवाना हुनसक्ने प्राबधान रहेको राईले बताए। ईलाका प्रहरी कार्यालय बेलबारीमा प्रमुख भएर आएपछि राईले छोटो समयमा अपराध अनुसन्धानमा महत्वपुर्ण सफलता हात पार्न सफल मात्र भएका छैनन्। जनताको भरोसाको केन्द्र समेत बन्न सफल भएका छन्।