इटहरी/ इटहरीका शैक्षिक उद्यमी हरि आचार्यद्वारा लिखित ‘किन दुख्छ मुटु’ बोलको गीतको म्युजिक भिडियोले दोस्रो बिराट म्युजिक तथा फिल्म अवार्ड २०८०मा उत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएको छ। म्युजिक भिडियोमा अभिनय गरेका मोडल तथा अभिनेता माधव केसीले उत्कृष्ट मोडलको अर्वाड जितेका हुन्।

with nawal nepalसेलिव्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा भएको अवार्ड वितरण समारोहमा गीतका मोडल माधव केसीलाई सो अवार्ड प्रदान गरिएको रंग पत्रकार मनोज दाहालले जनाएका छन्। अञ्जु पन्तको स्वरमा रहेको ‘किन दुख्छ मुटु’मा मोडल तथा अभिनेता र लजिना सुवेदीले अभिनय गरेका छन्। 

शैक्षिक उद्यमी आचार्यले लेखेको सो गीतमा नवीन कार्कीले सङ्गित भरेका हुन्। चलचित्र निर्देशक नवल नेपालले म्युजिक भिडियोको निर्देशन गरेका हुन्। अवार्ड समारोहमा निर्देशक नेपालको समेत उपस्थिति थियो।

with surakchhyaगीतका मोडल माधव केसीले अवार्ड प्राप्त गरेसँगै थप जिम्मेवारीको महसुस गरेको र आफ्नो कामको मुल्यांकन गरी अवार्ड प्रदान गर्नुहुने जुरी टिम तथा आयोजक प्रति धन्यवाद ज्ञापन गर्न चाहेको बताएका छन्।

मदन काश्यप घिमिरेले छायांकन गरेको भिडियोको सम्पादन नविन निरौलाले गरेका हुन्।