सुनसरी/ पछिल्लो समय नेपाली संगीत तथा सिने क्षेत्रका सेलिब्रेटीहरु सौखिन देखिन थालेका छन्। उनिहरु आफ्नो सोखको निम्ति आकर्षक गाडिहरु खरिदमा ब्यस्त छन्।

केहि साता अघि कलाकार दिपकराज गिरीले खरिद गरेको महङ्गो गाडिले नेपाली सिने बजारमा चर्चा जमाएको थियो। यहि शिलशिलामा नेपाल आइडलमार्फत उदाएका पछिल्लो समय दर्जनौँ लोकप्रिय चर्चित नेपाली सुमधुर गीतमा आवाज दिएका गायक किरण भुजेल पनि थपिएका छन्।bhujelउनले हालै सिजी कम्पनीको नेटा भी इलेक्ट्रिक गाडी खरिद गरेका हुन्। सो गाडि चढ्ने उनि पछिल्लो पुस्तामा उदाएका पहिलो नेपाली कलाकार हुन्।

महोत्तरी जन्मथलो भएका गायक भुजेल आवाजमा सजिएको माया प्रेम र समर्पणमा आधारित ‘आधा दुख घटाएर’ बोलको गीतले युट्युबमा मिलियन भ्युज पाएको थियो भने टिकटकमा त भाईरल भएको थियो।

aadha dukhaउनका दर्जनौँ गीतहरु रेकर्ड भएर म्युजिक भिडियो रिलिजको तयारी भईरहेको छ।