इटहरी / इटहरी वडा नम्बर १६ मा रोजगारी संसार प्रा.लि इटहरीद्वारा लेखापाल सम्बन्धि एक महिने तालिम सम्पन्न भएको छ ।

इटहरी वडा नम्बर १६ मा रोजगारी संसार प्रा.लि इटहरीको आयोजना र इटहरी उपमहानगरपालिका वडा नम्बर १६ को आर्थिकको सहयोगमा इटहरी १६ स्थित सरस्वती माध्यमिक विद्यालयमा २७ जना बढी विद्यार्थीहरूलाई लेखापाल सम्बन्धि तालिम  दिएको छ ।

तालिमले वृद्धि विकास साथै जीवनयापनमा सहज  ढंगले अगाडि बढाउनु साथै महत्त्वपूर्ण भुमिका खेल्ने कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष तेजनाराण चौधरीले बताउनुभयो । यस्ता खालका तालिम गर्दै जाने र विद्यार्थीका लागि वडाले सहयोग गर्ने उहाँको भनाइ छ ।

बजारमा लेखापाल पढेर बेरोजगारी भएका विद्यार्थीहरूलाई रोजगारी दिन सक्ने वातावरण बनाउन तालिम आयोजना गरिएको संस्थाका सञ्चालक विकास डोटेलले बताउनुभयो ।

तालिम दिएका विद्यार्थीहरूलाई रोजगारी खोजिदिने समेत उहाँले बताउनुभयो । ६ ,७ वर्षको अवधिमा रोजगारी संसारले अहिलेसम्म ४ सय बढी महिला तथा पुरूषलाई तालिम दिएको उहाँको भनाइ छ । 

सैद्धान्तिक ज्ञान मात्र हासिल गरेर भएन व्यवहारीक ज्ञान हासिल गरेर रोजगारी पाउन सजिलो वातावरण दिलाएको तालिममा सहभागी निल बहादुर खुलालले बताउनुभयो । तालिमले लाभान्वित भएकाले भविष्यमा सहजिलो हुने उहाको भनाइ छ ।

अरू तालिम भन्दा फरक खालको तालिम भएकाले विद्यार्थीहरूलाई रोजगारी पाउन सजिलो वातावरण हुने संस्थाका अर्का सञ्चालक रामरण खड्काले बताउनुभयो । यस्ता खालका तालिम अन्य वडामा समेत आयोजना गरे विद्यार्थीहरूलाई राम्रो हुने उहाँको भनाइ छ ।

तालिमले शैक्षिक क्षेत्रमा सहयोग साथै स्थानीय बेरोजगारीहरू व्यक्तिलाई  रोजगारी पाउ सजिलो हुने अर्का सञ्चालक सुबास भुजेलले बताउनुभयो । यस्ता खालका तालिम आयोजना गर्दै जाने र शिक्षा क्षेत्रमा सहयोग गर्ने उहाँको भनाइ छ ।

तालिमको प्रशिक्षक प्रकाश धमलाले गराउनु भएको थियोे । तालिममा सहभागी २७ जना विद्यार्थीहरूलाई प्रमाण पत्र दिएर सम्मान गरिएको थियोे ।