इटहरी/ सामाजिक सञ्जाल फेसबुकमा हिजो आज एउटा नारा देखिन्छ सुपर हुनेछ भेट, भदौको एक, रेश्मा रिलिज डेट। यो नारा देख्दा तपाँईलाई यो नारा के होला लाग्दछ होला। यो नारा हो इटहरी उपमहानगरपालिकाका वडा सचिव सुुरेश कार्की(सुपर सुरेश)को गितको रिलिज डेटको स्लोगन।

प्रकाश ओझाको शब्द संगित र सुपर सुरेश अनि प्रकाश ओझाको स्वरमा रहेको रेश्मा बोलको गितको भिडियो सुटिङ्गको क्रममा छ। डान्सिङ कमेडि र्‍याप शैलिको गितको म्यूजिक भिडियो धुलिखेल क्षेत्रमा छायांकन गरिएको छ।

भदौ १ गते सार्वजनिक गर्ने लक्ष्यका साथ प्रमोसनको लागि सुपर हुनेछ भेट, भदौको एक, रेश्मा रिलिज डेट नारा समेत दिईएको छ। म्युजिक भिडियोलाई प्रकाश ओझाले निर्देशन गरेका छन्।

म्युजिक भिडियोमा सुपर सुरेश, लोसिना लामिछाने र प्रकाश ओझा स्वयंले पनि अभिनय गरेका छन्। भिडियोमा बिनय पौडेलले प्रमुख सहायक निर्देशकका रुपमा काम गरेका छन् भने क्यामेरामा प्रवेश पोख्रेल रहेका छन्। यस्तै म्युजिक भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ।