काठमाण्डौ/ नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएको छ। एमालेका सांसद गोकुल बास्कोटाले प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख विवादमा परेकोले राजीनामा दिए उपयुक्त हुने सुझाव दिनुभएको हो।

सत्तारुढ दलहरु बीच उपसभामुखलाई हटाउने बिषयमा छलफल भइरहेको बेला एमाले सांसद बास्कोटाले मगरलाई राजीनामा दिनु नै उपयुक्त हुने बताउनुभएको हो।

उहाँले लोकतन्त्रमा सबैसँग प्रश्न उठाउन पाइने भन्दै अरुलाई गलत प्रमाणित गर्ने अवसर पनि लोकतन्त्रमा हुने बताउनुभएको हो। उहाँले आफूमाथि पनि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गर्दै आफ्नो बारेमा प्रश्न उठेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने साहस राजनीति गर्नेहरुमा हुनुपर्ने उल्लेख गर्नुभयो। उहाँले गम्भिर प्रश्नहरु उठेपछि पद छोड्नु नै उपयुक्त हुने बताउनुभयो।

सांसद बास्कोटाले उपसभामुखलाई हटाउने नहटाउने बिषय सरकारको भन्दा संसदको बिषय भएको भन्दै भ्रम नफैलाउन आग्रह गर्नुभयो।

–न्युज कारखाना