इटहरी/ इटहरी उपमहानगरपालिकाकै प्रतिष्ठित टोल बिकास सँस्था स्वागत टोल बिकास सँस्थाको १४औँ साधारण सभाले ध्यान बहादुर राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार भएको साधारण सभाले राईको अध्यक्षतामा १४सदस्यीय समिति गठन गरेको हो।

सँस्थाको उपाध्यक्षमा कमला पोख्रेल दाहाल, सचिवमा मोहन प्रसाद गुरागाँई, सहसचिवमा मिना थापा मगर, कोषाध्यक्षमा इश्वरी प्रसाद सिग्देल र सदस्यहरुमा अनन्तराम अधिकारी, यज्ञ बहाददुर बस्नेत, योगेन्द्र सुवेदी, बिष्णुमाया तामाङ्ग, गोकुल गुरुङ्ग र अस्मिता दाहाल चयन भएका छन्।

यस्तै लेखा समिति संयोजकमा राजकुमार घिमिरे र सदस्यहरुमा मिरा पाण्डे र सुनिता गुरुङ्ग चयन भएको नव गठित समितिका अध्यक्ष ध्यान बहादुर राईले बताउनुभयो। presidentइटहरी ६ नम्बर वडाका अध्यक्ष दिवस पोख्रेलको प्रमुख आतिथ्यता, निवर्तमान अध्यक्ष भद्रा थापा मगरको अध्यक्षता अनि वडा सचिव घनश्याम गिरी, वडा सदस्यहरु मिना रसाईली, लक्ष्मी श्रेष्ठ, टोल बिकास लघु उद्यमका अध्यक्षलगायतको आतिथ्यता अनि टोल बिकासमा आवद्द टोलबासीहरुको उपस्थिती थियो।