काठमाडौं / भारतको राजधानी नयाँ दिल्लीस्थित प्रसिद्ध अस्पताल इन्द्रप्रस्थ एपोलो अस्पतालले प्लाष्टिक सर्जरीसँग सम्बन्धित प्रविधिमा भएको विषयमा जानकारी गराएको छ। 

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भारतमा बढ्दो आम्दानी र प्लाष्टिक सर्जरीप्रति बढ्दो जागरणका कारण कस्मेटिक र सौन्दर्य प्रक्रियाहरुमा देखिएका सम्भावना र अस्पतालले यस क्षेत्रमा गरेका उपलब्धीहरूका बारेमा जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा प्लाष्टिक, कस्मेटिक र रिकन्स्ट्रटिभ सर्जरीका बरिष्ठ सल्लाहकार डा.कुलदिप सिंहले यस क्षेत्रका विभिन्न पक्षहरूबारे प्रकाश पारेका थिए।  उनले इन्द्रप्रस्थ एपोलो जस्ता प्रतिष्ठित संस्थामा दक्ष विशेषज्ञहरूको बढ्दो माग पूरा गर्न दक्षका लागि अस्पतालले सञ्चालन गरेका विभिन्न प्रशिक्षणसँग सम्बन्धित पहलहरूको बारेमा जानकारी गराएका थिए। 

बढ्दो माग र पहुँचसँगै डाक्टरहरूको नैतिक,योग्यता केन्द्रित तालिमसँगै उच्च गुणस्तरको उपचार प्रविधि उपलब्ध गराउन अस्पताल तयार रहेको प्रष्ट पारे। यसका साथै उनले प्लाष्टिक सर्जरीमा सो अस्पतालले हाँसिल गरेका उपलब्धीहरूबारे समेत विस्तृतमा जानकारी दिए।

डा. सिंहले विगत एक वर्षदेखि इन्द्रप्रस्थ एपोलो अस्पतालले कस्मेटिक र प्लाष्टिक सर्जरीका केही चुनौतिपूर्ण केसहरुको सामना गरेको जिकिर गरे। 

इन्द्रप्रस्थ अपोलो अस्पताल,भारतको पहिलो जेसीआई मान्यता प्राप्त अस्पताल हो । यो दिल्ली सरकार र एपोलो अस्पताल इन्टरपाइज लिमिटेडको संयुक्त हो । सन् १९९६ मा स्थापना भएको सो अस्पताल अपोलो हस्पीटल ग्रुपले स्थापना गरेको तेस्रो सुपर स्पेशालिटी केयर अस्पताल हो ।  

अपस्तालले किड्नी र कलेजो प्रत्यारोपणमा विभिन्न अग्रणी कार्यक्रमहरु अगाडि सारेको छ । भारतमा पहिलो सफल बालरोग र वयस्क कलेजो प्रत्यारोपण इन्द्रप्रस्थ अस्पतालमा गरिएको हो।  चिकित्सा प्रविधि र विशेषज्ञताको हिसाबले यो भारतकै अग्रणी स्थानमा रहेको छ । अस्पतालले एकदमै नयाँ प्रविधिहरू भित्रयाएको छ ।