इटहरी/ इटहरीस्थित बेदान्त हस्पिटलमा वरिष्ठ डा.आदर्श झा लामो समयदेखि आवद्ध हुनुहुन्छ। १०बर्ष देखि फेमली फिजिसियनका रूपमा उपचार गर्दै गराउँदै आउनुभएका झा बेदान्त हस्पिटलमा आवद्ध हुनुभएको छ।
दक्ष, अनुभवी एवं तालिम प्राप्त वरिष्ठ डाक्टर आदर्श झाद्वारा सुगर, प्रेसर, दम, थाइराइड, युरिक एसिड, हातखुट्टा झमझमाउने, पेट पोल्ने,पेट दुख्ने, बान्ता हुने, खान मन नलाग्ने, टाउको दुख्ने, जिउ दुख्ने, जिउ चिलाउने, ज्वरो, ढाड दुख्ने, पिसाब पोल्ने, सास फेर्न गाह्रो हुने, खोकी शरीर दुखाइ, स्वाद वा गन्ध हराउने, थकाइ वा मासपेशिको दुखाइ र अन्य कुनै पनि स्वास्थ्य समस्यामा अनुभवी रहेको अस्पतालका प्रवन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिनुभयो।
![](/uploads/advertise/janata school_1720267096.jpg)
उहाँले दैनिक रुपमा बिहान देखि बेलुकी सम्म सेवा प्रदान गर्ने श्रेष्ठले बताउनुभयो। झा बेदान्त हस्पिटलका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ।
आर्थिक मन्दिका कारण आर्थिक अवस्था कमजोर भएकालाई लक्षित गरेर २४ घण्टै एक सय रुपैयाँमा MBBS, MD सेवा प्रदान गरेको १बर्ष भएको हस्पिटलका प्रबन्ध निर्देशक इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो।
![](/uploads/advertise/jeniksh_1697522121.gif)
बिशेषज्ञ डाक्टरहरुद्वारा इमरजेन्सी सेवा, डिजिटल एक्सरे, भिडियो एक्सरे, फार्मेसी, ल्याब, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञबाट सिएआरएम प्रविधिमार्फत भाँचिएको हड्डीलाई सिधा गरेर, के वार वा प्लेटिङ्ग गरी अपरेसनसमेत गरिदैँ आएको प्रबन्ध निर्देशक श्रेष्ठले बताउनुभयो।
अस्पतालमा पेट सम्बन्धी सर्जरी सेवाहरू एपेन्डिक्स, हाइड्रोशील, हर्नियाँ, पायल्स, सिफर, फिस्टुला, पेट रोग, स्तन रोग, मृगौला पथरी, प्रोस्टेट, पिलो, कान चुँडिएको, लिङ्गको छाला नफर्केको, नङ गाडिएको शरिरका कुनैपनि ठाउँमा गाँठा, मुसा, खिल र अन्य कुनै पनि सर्जरीलगायतको सेवा दैनिक रुपमा प्रदान गरिदैँ आएको छ।