बिराटनगर/ ब्रेन ट्यूमर सुन्दा नै मानिसको आङ जिरिङ्ग हुन्छ। ब्रेन ट्यूमर भएका मानिसको पीडा, घर परिवारमा आईपर्ने आर्थिक, मानसिक समस्या र त्यसमा थप बिरामीको उपचार सफल होला नहोला भन्ने डर । बयस्क र बृद्ध अवस्थाका बिरामी भन्दा पनि कम उमेरका बिरामी भयो भने त अझ धेरै त्रास र मानसिक पिडा। 

यस्तै पिडादायक अवस्थामा बाँच्न बाध्य मोरङ्गको कटहरी गाउँपालिकाका एक ऋषिदेव परिवारकी १०बर्षिया बालिकाको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा जटिल र ठूलो ब्रेन ट्यूमरको सफल शल्यक्रिया गरिएको छ।

गएको दुई महिनादेखि टाउको दुख्ने र उल्टि हुने समस्या हुँदै बिस्तारै शरिरको देब्रे भाग नचल्ने भई दुई दिनदेखि पूर्णरुपमा ओच्छ्यान मै बेहोस रहेकी १० बर्षिया दिपिका ऋषिदेबलाई उपचारको लागि नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको आकस्मिक कक्षमा लयाइएको थियो । बिरामीको परिक्षणको क्रममा सिटि स्क्यानको रिपोर्ट अनुसार उनको टाउकोको दाहिने तर्फ ठूलो आकारको ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो।

उपचारमा संलग्न प्रमुख न्यूरो सर्जन प्रा.डा.एडमण्ड जोनाथानले “बिरामीको बुबा आमाले बिरामीको अवस्थाको कारण आष मारिसकेका थिए” भन्नुभयो। उहाँले “नोवेलको न्यूरोसर्जरी राम्रो छ भन्ने सुनेर एक पटक जाँच गर्ने भनेर बिरामीलाई ल्याएका रहेछन्। आर्थिक अवस्था पनि कमजोर र बिरामीको अवस्था दिनानुदिन बिग्रदै गएको कारण उनिहरुले थप उपचार गर्ने कि नगर्ने निर्णय गर्न सकेका थिएनन् । बिरामीको अवस्था र उपचारको बारेमा बिरामीको अभिभावक सँग छलफलपछि बिरामीको उपचार अगाडि बढ्यो । बिरामीको उपचारमा अस्पतालबाट छुट समेत उपलव्ध गरिएको छ” भन्नुभयो ।

pt with dr. pramod

शल्यक्रिया र उपचारमा संलग्न न्यूरो सर्जन डा.प्रमोद चौधरीले “शरिरको अङ्ग चलाउने दिमागको भागमा नै ठूलो ट्यूमर पलाएको कारण बिरामीको देब्रे भाग कमजोर हुन गएको थियो। शल्यक्रियापछि बिरामीको अवस्था ठिक छ तर देब्रे भाग अहिले अलि कमजोर छ। रिहाविलिटेशन चलिरहेको छ। विस्तारै सामान्य अवस्थामा आउनेमा हामी ढुक्क छौं” भन्नुभयो।

बिरामीको उपचारको सम्बन्धमा कुराकानी गर्दै बिरामीको बुबाले “पहिला मेरो छोरी अन्तिम अवस्था पुगिसकेको थियो। एक साइडको पुरै नचल्ने । धेरै ठाँउ देखायौं तर कही निको भएन। नोवेलले हामीलाई धेरै सहयोग गर्‍यो। यहाँ आएपछि अपरेशन सक्सेस भयो। अहिले मेरो नानीले हिड्ने, खाने, बस्ने गर्न थालेकी छन्। अस्पतालले डिस्काउण्ट पनि दिएको छ ” भन्नुभयो।

डा.जोनाथानले बालबालिकामा टाउको दुखिरहने उल्टि हुने र हात खुट्टामा कमजोरी आयो भने तुरुन्तै अस्पतालमा गई न्यूरोलोजी वा न्यूरोसर्जरी बिभागमा देखाउनु पर्दछ। त्यस्तो बिरामीहरुको सिटि स्क्यान गर्न जरुरी हुन्छ। अहिलेको अवस्थामा न्यूरो सर्जरी सुरक्षित छ। न्यूरो सर्जरीको सक्सेस रेट ९० देखि ९७ प्रतिसत सम्म रहेको छ।

  Patient 1 copy