बिराटनगर/ कोसी प्रदेशको बिराटनगरस्थित नाबवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको मुटु रोग बिभागमा मुटुको धडकन् बढ्ने बिरामीहरुको दीर्घकालिन उपचारको लागि इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा शुरु भएपछि पूर्वी नेपालका यस्ता समस्या भएका बिरामीहरुको चाप बढ्न थालेको छ। 

मुटुको धडकन बढ्ने समस्याको लागि लामो समय औषधी खानुपर्ने र औषधी सेवन गर्दै गएपनि समयान्तरमा औषधी प्रभावकारी नभएको खण्डमा रेडियोफ्रिक्वेन्सी एब्लेसन नै यस्को उपचार भएको र यो सेवा पूर्वमा नै उपलव्ध हुने भएको हुँदा बिरामीहरुलाई सहज भएको हो।

EP lab (5)

मुटुरोग बिभागका प्रमुख बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपालका अनुसार हाम्रो मुटुलाई चलाउने जुन प्रणाली छ त्यो बिद्युतीय तरङ्गको प्रवाहले हुन्छ। मुटुको माथिल्लो खण्डमा एस ए नोड हुन्छ । त्यहाँबाट बिद्युतीय प्रवाह अर्थात मुटुको चाल शुरु भई मुटुको तल्लो खण्ड भन्दा केही माथि रहेको ए भी नोडमा जान्छ । एस ए नोडबाट निस्किएको बिद्युतीय तरङ्गको प्रवाहले मुटुको माथिल्लो खण्डलाई खुम्चाउने कार्य गर्दछ भने ए भी नोडबाट बण्डल अफ हिज हुँदै बण्डल ब्रान्चहरुमा बिद्युतीय तरङ्ग प्रवाह हुँदा मुटुको तल्लो खण्ड खुम्चिने गर्दछ। एस ए नोड प्राकृतिक पेसमेकर हो र एस ए नोड, ए भी नोड र बण्डल ब्रान्चहरुले गर्दा मुटुलाई चलायमान गर्दछ। तर कसै कसैको ए भी नोड भित्र वा बाहिर बिद्युत प्रवाहमा चोर बाटो हुने गर्दछ। यस्तो चोर बाटोले गर्दा बिद्युतीय तरङ्गको प्रवाह राम्रो सँग हुन नसक्दा मुटुको चाल बढि भई धेरै ढुकढुक हुने गर्दछ।

EP lab (1)

डा.नेपालले भने “मुटुको माथिल्लो खण्डको चाल गडबड हुने समस्यालाई Paroxysmal Supraventricular Tachycardia (पीएसभीटी) भनिन्छ। पीएसभीटीमा मानिसलाई चक्कर लाग्ने र धडकन बढ्ने समस्या भई बारम्बार दुख दिने गर्दछ भने Ventricular tachycardia (भीटी) मा मुटुको तल्लो खण्ड बढी धकधकाउने भएकोले मुटुले शरिरमा पु¥याउनु पर्ने रगतको प्रवाहमा कमी हुन जान्छ। यो अवस्थामा मानिस बेहोस हुने र ज्यान नै जान सक्ने हुन्छ।” उनका अनुसार बिश्वमा करिब १०% मानिसहरुको जन्मजात मुटु चलाउने बिद्युतीय तरङ्गको प्रवाहमा चोर बाटो हुने अध्ययनले देखिएको छ। तर ती मध्ये कसै कसैलाई धडकनको समस्या आउने गर्दछ।

मुटुको यस्तो समस्याको परीक्षण तथा उपचार सेवा नोवेलमा छ। इलेक्ट्रोफिजियोलोजी स्टडी अर्थात ईपी ल्यावले मुटुको परीक्षण गरेर समस्याको अध्ययन गर्न सहज गर्दछ र बिरामीको अवस्थाको जानकारी पाइन्छ। नोवेलमा टुडी (-2D_ म्यापिङ्ग उपलव्ध छ जसको आधारमा मुटुको बिद्युतीय तरङ्गको प्रवाहको आधारमा कार्य प्रणालीको अध्ययन गर्न सकिन्छ। रोग पत्ता लागेपछि रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट मुटुको चालको विद्युतिय प्रवाहको चोर बाटो डाम्ने गरिन्छ। प्रा.डा.नेपालका अनुसार यो सेवा काठमाडौंमा गंगालाल हृदय रोग केन्द्र र ह्याम्समा उपलव्ध छ भने काठमाडौं बाहिर नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा मात्र छ।

मुटु भित्र बिद्युतीय तरङ्ग प्रवाहको चोर बाटो कसरी बन्द गरिन्छ त भन्ने प्रश्नमा डा.नेपाल भन्छन् “रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रविधिमा मानिसको तिघ्रा र घाँटीको नशाबाट क्याथेटर (तार) छिराएर मुटुलाई चलाउने बिद्युतीय तरङ्ग प्रवाहको चोर बाटो सम्म पुगी त्यसलाई डाम्ने गरिन्छ । यो अति नै भरपर्दाे प्रविधि हो । यसमा बिरामीलाई बेहोस पार्नुपर्दैन। अस्पताल बसाई एक दिन मात्र हुन्छ र एक महिनाको औषधी सेवनपछि अरु खानु पर्दैन।”

EP lab (2)

बरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. सहदेव ढुंगानाका अनुसार मुटु चलाउने बिद्युतीय तरङ्गको प्रवाहमा हुने चोर बाटोले गर्दा आउने समस्याको लागि औषधी पनि खान सकिन्छ। यसरी औषधी खानेले आजिवन औषधी सेवन गर्नुपर्छ र औषधीको प्रभाव हुन छोडेमा रेडियोफ्रिक्वेन्सी एब्लेसन नै गर्नुपर्दछ। यो प्रविधिको सक्सेस रेट ९८ प्रतिशत रहेको उनको भनाई छ। यो भरपर्दाे भएको र औषधी खाई राख्नुपर्ने, औषधी छुटाउन नहुने बाध्यता पनि हट्ने भएकोले बिरामीलाई धेरै सजिलो हुन्छ।

बरिष्ठ लेक्ट्रोफिजियोलोजिष्ट डा.रोशन राउतका अनुसार अमेरिकन कलेज अफ कार्डियोलोजी र अमेरिकन हार्ट एसोसिएसनले मुटु चलाउने बिद्युतीय तरङ्गको प्रवाहमा हुने चोर बाटोको कारण बारम्बार समस्या हुनेलाई औषधी भन्दा रेडियोफ्रिक्वेन्सी एब्लेसन नै गर्न सुझाएको छ। यो नै यस्तो समस्याको सही उपचार पद्धती हो। ईपी ल्यावमा मुटुको जाँच कसरी गरिन्छ भन्ने प्रश्नमा उनले भने “यो मुटुको कार्य गर्ने तरिकाको जाँच गर्ने प्रविधि हो। मुटुले सही ढंगबाट कार्य गरेको छ की छैन ? छैन भने के समस्या हो ? यो परीक्षणले थाहा हुन्छ। मुटु भित्र क्याथेटर (तार) हरु छिराएर मुटुको बिद्युतीय तरङ्गहरुको एक उपकरणको सहायताबाट अध्ययन गरिन्छ। मुटुको लय गडबडी गर्ने असामान्य बिद्युत प्रवाह पत्ता लगाउन र त्यसको सही उपचार निर्धारण गर्न यो प्रविधिको प्रयोग हुन्छ।EP lab (1)

इलेक्ट्रोफिजियोलोजी स्टडीको दौरान नै रेडियोफ्रिक्वेन्सी एब्लेसन गर्न सकिन्छ। रेडियोफ्रिक्वेन्सी एब्लेसन गर्दा क्याथेटरको सहायताले असामान्य बिद्युत प्रवाह गर्ने तन्तुलाई डाम्ने गरिन्छ जसले गर्दा त्यस्ता असामान्य बिद्युत प्रवाह रोकिने गर्दछ अर्थात मुटु चलाउने बिद्युतीय तरङ्ग प्रवाहमा भएको चोर बाटोलाई डामेर बन्द गरिन्छ।”

इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा उपलब्ध भएपछि नोवेल शिक्षण अस्पतालमा मुटुको धड्कन असामान्य हुने समस्याका बिरामीहरुलाई उपचार सेवा पाउन सहज भएको छ। एकै छाना मुनी सबै प्रकारका बिशेषज्ञ बिशिष्ट सेवा उपलव्ध हुनुले पूर्वी नेपालका बिरामीहरुको रोजाईमा नोवेल नै पर्ने गरेको छ।