इटहरी/ इटहरीमा सकृय पाँच राजनीतिक दलहरुले मेयर हेमकर्ण पौडेलको कार्यशैली ठिक नभएको भन्दै संघीय संसद र कोसी प्रदेश संसदमा उठेका प्रश्नहरुको जवाफ १५दिन भित्र सार्वजनिक गर्न माग गरेका छन्। बुधबार नेकपा एमाले इटहरीको पार्टी कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै सार्वजनिक सुनवाईमार्फत जवाफ माग गरेका हुन्। 

पत्रकार सम्मेलनमा वितरित प्रेस बिज्ञप्तीमा इटहरी नगर प्रमुखको कार्यशैली, नगर भित्र भएका वेथिति, नितिगत भ्रष्टाचारलगायतका बिषयहरु संघ र प्रदेशको सदनमा उठेको बिषयले इटहरीबासी लज्जित एवं दुखि भएको उल्लेख छ। 

बिज्ञप्तीमा सदनमा यस्ता गम्भिर विषयहरु उठ्दा इटहरीमा सकृय राजनितिक दलहरु नेकपा एमाले नेकपा एस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरीक उन्मुक्ति पार्टी र रास्वपाको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ।

बिज्ञप्तीमा सदनमा उठेको गम्भिर बिषयलगायत अन्य बिषयहरुमा सप्रमाण आम इटहरी नगरबासीहरु लाई सत्यतथ्य सुसूचित गराउदै निम्न बिषयमा स्थानिय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्था बमोजिम एक आर्थिक वर्षमा दुई पटक आयोजना गर्नुपर्ने सार्वजनिक सुनवाईमार्फत १५ दिन भित्र नगरबासी समक्ष जानकारी गराउन जोडदार माग गर्दछौ भनिएको छ। माग पुरा नभए चरणबद्ध अन्दोलनका कार्यक्रम समेत घोषणा गर्ने जानकारी गराउदछौँ भनिएको छ। यसैगरी...

१) गत आर्थिक वर्षको उपभोक्ता समितिहरुमार्फत निर्माण भएका योजनाहरुको भुक्तानी हाल सम्म नदिएको सम्बन्धमा।

२) दैनिक जस्तो अनावश्यक कर्मचारी अपारदर्शी ढंगले नियुक्ती गरेको सम्बन्धमा।

३) पालिकामा कार्यरत कर्मचारीहरुलाई बिगत ३ महिना देखि तलब भक्ता भुक्तानी गर्न नसकेको सम्बन्धमा।

४) संघीय र प्रदेश संसदमा उठेको बिधुतिय बस खरिद, अस्पतालको सिटि स्क्यान मेसिन खरिद सम्बन्धमा।

५) इटहरी १४स्थित शान्ति सृजना माबिमा २२ महिना देखि तलव शिर्षकमा ८० लाख भन्दा बढी भुक्तानी गरेको सम्बन्धमा।

६) अनावश्यक निर्माण सम्वन्धि मेशिनरी, यातायातका साधनलगायतका सामाग्रीहरु खरिद गर्नुको आवश्यक्ता र औचित्य पुष्टि सम्बन्धमा।

७) टेंग्रा खोलामा करीडोर निर्माणका नाममा विभेदपूर्ण ढंगले क्षति गरिएका भौतिक संरचना र सो क्रममा भएका अनावश्यक खर्च सम्बन्धमा।

८) गत आर्थिक वर्षको कुल आर्थिक दायित्व भुक्तानी गर्नुपर्ने बाँकी हिसाबका सम्बन्धमा।

९) शिक्षा र स्वास्थ्यमा भएको नितिगत भ्रष्टाचार भएको सम्बन्धमा।

१०) आर्थिक सहयोगको नाममा कार्यविधि मिची तोक आदेशमा मनपरी भुक्तानी गरिएको सम्बन्धमा।

११) नगर सभाबाट पारित योजनाहरु बाहेक स्वेच्छाचारी ढंगले तोक आदेशको भरमा सञ्चालन गरिएका योजनाहरुको सम्बन्धमा।

१२) नगर प्रहरीलगायत कर्मचारीहरुको दुरुपयोग भएको सम्बन्धमा।

१३) आवश्यक्ता भन्दा बढि इन्धन शिर्षकमा भए गरेका खर्चका सम्बन्धमा।

१४)  विभिन्न सञ्चार माध्यमहरुलाई बिज्ञापनको नाममा दिईएको अपारदर्शी रकमका सम्बन्धमा र खाना र खाजाको नाममा गरिएको खर्चका सम्बन्धमा जवाफ माग गरिएको छ।

one