सुनसरी/ इटहरीमा सुविधा सम्पन्न होटेल काव्यवाटिका एन्ड लज सञ्चालनमा आएको छ। इटहरी उपमहानगरपालिका ५ स्थित पचरूखि चोकबाट दुई किलोमिटर उत्तर वडा कार्यालय नजिक होटेल काव्य वाटिका सञ्चालनमा आएको हो। 

इटहरीका युवा व्यवसायी रोशन बस्नेतको १ करोड ८०लाख रुपैयाँको लगानीमा भदौ पहिलो साताबाट होटेल सञ्चालनमा ल्याइएको हो। इटहरी चौकको कोलाहलदेखि केही पर र शान्त वातावरणमा खान र बस्ने सुविधा रहेको होटेलमा ७ वटा एटेज बाथरुमसहितको एसी रुम रहेका छन्। साथै छुटाछुटै बसेर खानको लागि आकर्षक कटेजहरु समेत छन् । 

पेय पदार्थको लागि बार र रेस्टुरेन्टको सुविधा रहेको छ। होटेलमा ५० जना हटाउने क्षमताको मिटिङ हलको सुविधा छ। होटेललाई आकर्षित बनाउन फूलबारीले सजाइएको छ। सञ्चालक रोशन बस्नेतका अनुसार, होटेल काव्य वाटिका एण्ड लज इटहरीका अन्य होटेल तथा लजहरू भन्दा फरक अनुभव प्रदान गर्नेछ । होटेलमा अग्र्यानिक खानालाई विशेष प्राथमिकतामा राखेको बस्नेतले जानकारी दिनुभयो। 

सञ्चालक बस्नेतले इटहरी ५ मा रहेको आफ्नो अर्को फेमिली होटेल नयाँ व्यवस्थापनको साथ सञ्चालनमा आएको जानकारी दिनुभयो। फेमिली होटेलमा पनि १० वटा सुविधा सम्पन्न कोठाहरूको सुविधा छ।