इटहरी/ नेपाल प्रहरीको ३०बर्षे हदम्यादका कारण ९१जना प्रहरी अधिकृतहरु शनिबारदेखि बिदा भए। २०५१ साल भदौ १६गते प्रहरी सहायक निरीक्षकमा भर्ना भएका उनिहरु शनिबार बिदा भएका हुन्।

उनिहरु बिदा भएसँगै प्रहरी संगठन भित्र कोहि खुसी भएका छन् भने कोहि दुखि भएका छन्। तल्लो दर्जाकाहरु खुसी भए भने बिदा पाउनेहरु दुखि भएका हुन्।

बाग्मती प्रदेश प्रहरी प्रमुख डिआइजी बिष्णुकुमार केसी देखि एसएसपी, एसपी, इन्सपेक्टर बरिष्ठ सई सम्मका ९१जना अवकाश भएका हुन्। अवकास पाउनेहरुका एसएसपी रबि पौडेल, जीवन कुमार श्रेष्ठ, नबिनराज राई, चन्द्रदेव राई, डिल्लिराज बिष्ट, किसनसिंह थापा, रेवति भण्डारी, अवदेध बिष्ट, नरेन्द्र कार्की, कृष्ण प्रसाई, एसपि टेकुनन्द इवा, डिएसपी मान प्रसाद श्रेष्ठ, अवकासमा गएका हुन्।

यता तल्लो दर्जाका प्रहरीहरुले भने हाकिमहरु अवकासमा गएको प्रति खुसी ब्यक्त गरेका छन्। माथिल्लो दर्जाकाहरु पद ओगटेर बस्ने तल्लो दर्जाकाहरु भने बढुवा पनि नहुने बृत्तिबिकास पनि नहुने भन्दै जे भयो ठिकै भयो भन्दै खुसी ब्यक्त गरेका छन्।

हामीसँगको कुराकानीमा एकजना प्रहरीले चोकमा दिप प्रज्वलन गर्न मन भएको भन्दै बिभागीय निति नियमका कारण दिप प्रज्वलन गर्न नमिल्ने बताएका छन्।

सर्वोच्च अदालतमा ३०बर्षे हदम्याद हटाउन बिभिन्न दर्जाका २१ जना प्रहरी अधिकारीले दायर गरेको रिटमा भदौ ६गते सर्बोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले ३०वर्षे सेवा अवधि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि सरकार भ्याकेटमा गएको थियो।

सरकार भ्याकेटमा गएपछि सर्बोच्चले अन्तरिम आदेश फिर्ता गरेको हो। आदेश फिर्ता भएसँगै ९१जना जुनियर र सिनियर प्रहरी अधिकृतहरु अवकासमा गएका हुन्।