इटहरी/  इटहरीमा जथाभावी अस्पतालजन्य फोहोर फ्याल्ने अर्को स्वास्थ्य सँस्था कारबाहिमा परेको छ। इटहरी उपमहानगरले इटहरी ६ को एकुर प्याथोलोजी सर्भिसेज कारबाहिमा परेको हो।

वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालिले जथाभावी अस्पतालजन्य फोहोर जथाभावी नफ्याल्न अनुरोध गरेपनि अटेर गरेर इटहरी ६ गोल्डेन चोकमा फोहोर फ्यालेको पाईएपछि एकुर प्याथोलोजी सर्भिसेजलाई कारबाहि गरेको वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालिका केशव पौडेलले जानकारी दिनुभयो।

कारबाहि स्वरुप एकुर प्याथोलोजीलाई नगद ५ हजार जरिवाना गरेर पौडेलले बताउनुभयो। पौडेलले जथाभावी फोहोर फ्याल्नेहरुलाई कारबाही गर्ने क्रम तिब्र पारिएको भन्दै जथाभावी फोहोर नफ्याल्न आग्रह गर्नुभएको छ।