सुनसरी/ सुनसरीको इटहरी ९की रुषा न्यौपाने भबिष्यमा कलाकार बन्ने सौख बोकेकी युवती हुन्। सानैदेखि नायिका बन्ने सपना साँचेकी न्यौपाने नायिका प्रियंका कार्कीबाट प्रभावित भएको बताउँछिन्। त्यसो त नेपाली चलचित्र क्षेत्र धेरै नै बिकसित भएको देखेर पनि उनि यो क्षेत्र प्रति आकर्षित भएको बताउँछिन्।
भबिष्यमा चर्चित कलाकार बन्ने सपना साँचेकी रुषा सौँन्दर्यतालाई एकदमै महत्वपूर्ण ठान्छिन। सबैमा सौँन्दर्यता लुकेको भन्ने रुषा त्यसलाई कसरी प्रस्तुत गछौँ त्यसमा भर पर्ने बताउँछिन।
![](/uploads/advertise/janata school_1720267096.jpg)
सौन्दर्य प्रतियोगिताबाट आँफुलाई अघि बढाएकी रुषालाई मिस नेपालमा जाने योजना छ कि छैन् ?भनेर सोधिएको प्रश्नमा भोलि कसैले नदेखेको भन्दै जान पनि सक्ने अनि रहर त सबैलाई मिस नेपाल बन्ने हुने भन्दै कला क्षेत्र नै लाग्ने योजना रहेको अनि कति सम्म सफल भईन्छ त्यो समयले बताउने भन्छिन।
प्रेम सम्बन्ध बारे सोधिएको प्रश्नमा रुषा अहिले पढाई र करियर अनि परिवार प्रतिको दायित्व मै केन्द्रित रहेको भन्दै प्रेम सम्बन्धको बारेमा सोच्ने बेला अलि नभएको बताउँछिन।
![](/uploads/advertise/jeniksh_1697522121.gif)
अवको कति समय पछि चलचित्रको पर्दामा देखिएला ? भनेर सोध्दा राम्रो प्रोजेक्ट आउन साथ डेब्यु गर्ने सोच रहेको अनि राम्रो ब्यानर, राम्रो क्यारेक्टर आयो भने छिट्टै नै देख्न सकिने अनि राम्रो डेब्युका लागि प्रतिक्षा गर्न तयार रहेको बताउँछिन्।
हेरौँ यिनै रुषाका होटल मादेन इनमा चर्चित फोटोग्राफर बिषप ताम्राकारले स्टुडियो 977 का लागि लुकवेल ब्युटि पार्लरको मेकअपमा खिचेका आकर्शक तस्विरहरु :