सुनसरी/ इटहरी १६को शिक्षादिप बोर्डिङ्ग स्कुलका शिक्षकको कुटाईबाट कक्षा ९मा अध्ययनरत बिद्यार्थी घाईते भएका छन्। शिक्षक पुर्णप्रसाद (पिपि) पोख्रेल को कुटपिटबाट बिद्यार्थी घाईते भएका हुन्।

इटहरी १६बालग्रामस्थित शिक्षादिप बोर्डिङ स्कुलका गणित शिक्षक पोख्रेलले कक्षा ९का छात्र अन्सल बुढाथोकीलाई गृहकार्य नगरेको भन्दै बेहोस हुनेगरि कुटपिट गरेको अभिभावकले बताएका छन्। 

होमवर्क पुरा नगरेको भन्दै शिक्षक पोख्रेलले अन्सललाई बेहोस हुने गरि कुटेको पिडित बिद्यार्थीले बताएका छन्। शिक्षक पोख्रेलले अन्सललाई ५०लौरो हिर्काएको पिडित बिद्यार्थीले बताएका छन्। कुटपिटबाट घाईते भएका बुढाथोकीको इटहरीमा उपचार गरिँदै छ।


शिक्षकको कुटाईबाट बिद्यार्थी बेहोस भएको अन्य बिद्यार्थीलाई पनि पोख्रेलले भनेको नटेरे अन्सलको जस्तै कुटाई भेट्ने भन्दै अरु बिद्यार्थीलाई तर्साएको अरु बिद्यार्थीले बताएका छन्।

स्कुल प्रशासनले विद्यार्थी कुट्ने शिक्षक पोखरेललाई निश्कासन गरिसकेको जनाएको छ। शिक्षक पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहि प्रकृया अगाडी बढाएको जनाएको छ।