इटहरी/ सुनसरीको इटहरी ७ मा खुकुरी प्रहारबाट एकजना युवाको ज्यान गएको छ। इटहरी ७ रामजानकी टोलमा शनिबार(आज) दिउसो २५बर्षीय भिम पण्डितको ज्यान गएको हो।

साईकलमा सवार पण्डितलाई स्थानीय उमेश चौधरीले खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

चौधरीको खुकुरी प्रहारबाट पण्डितको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ।