मोरङ /  मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापति सन्तोष लिम्बूमाथि शुक्रबार साँझ चिर्पट प्रहार भएको छ । लिम्बूमाथि क्याम्पसको गेटनजिकै चिर्पट प्रहार भएको हो । 

घाईते लिम्बूको विराटनगरको आर्या न्युरो अस्पतालमा उपचार भइरहेको छ। लिम्बुलाई सोही क्याम्पसका अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) अध्यक्ष योगेश दाहालले चिर्पट प्रहार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। अवस्था मध्यम रहेपनि  लिम्बकाे टाउकोमा १० टाँका लगाइएको बताईएको छ ।

शुक्रबार साँझ उनीमाथि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) अध्यक्ष योगेश दाहालले आक्रमण गरेको भन्ने जानकारी आएको छ,डीएसपी बस्नेतले भने,'आक्रमणकरी चिर्पट प्रहार गरेर भागेको र अहिले उनको खोजीकार्य जारी छ।' 

घटनामा प्रयोग गरिएको भनिएको चिर्पट भने हालसम्म प्रहरीले फेला नपरेको उनले बताए। प्रहरीले उनको खोजी तीव्र पारेको जनाएको छ। क्याम्पस परिसरभित्र विद्यार्थीले क्रिकेटको अभ्यास गरिरहेका  बेला दुई पक्षबीच विवाद भएको थियो। सोहि विवाद हुँदा उनीमाथि चिर्पट प्रहार भएको थियो।

यता,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एक बिज्ञप्ति जारी गर्दै सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसको मैदानमा खेल खेल्ने क्रममा बिधार्थीहरुका बीचमा भएको विवाद साम्य पार्न गएका हाम्रो संगठनका स्थायी कमिटी सदस्य तथा सो क्याम्पसका स्ववियु सभापति सन्तोष लिम्बुमाथि एक आततायी समूहबाट आक्रमणको हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। 

खेलाडी बिधार्थीका बीचमा उत्पन्न  विवाद समाधान गर्न जाने क्रममा एमाले निकट अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष योगेश दाहालको समूहले चिर्पट प्रहार गरेकाे र लिम्बुकाे उपचार भईरहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

प्रशासनले घटनामा संग्लन सबै व्यक्तिहरुमाथि यथासिघ्र कारबाही गर्न र  कारबाहीमा ढिलाई नगर्न आग्रह गर्दै दोषीलाई कारबाही अगाडी नबढाउदाँ  उत्पन हुने परिस्थितिको प्रशासन स्वयमले नै जिम्मेवारी लिनुपर्ने बिज्ञप्तिमा भनिएको छ।1715418678278