इटहरी / इटहरीमा रहेको लिटल फ्लावर्स सेकेन्डरी इङ्लिस बोर्डिङ स्कलमा क्याप्टेन र भाइस क्याप्टेनको लागि चुनाव भएको छ । 

इटहरी वडा नम्बर – ५ मा रहेको लिटल फ्लावर्स सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुुलमा स्कुलको  , रेड हाउस , व्लु हाउस , ग्रिन हाउस , एल्लोे हाउसको क्याप्टेन र भाइस क्याप्टेनको लागि चुनाव भएको छ । विद्यालयमा अध्यनरत ७ सय २९ विद्यार्थी मध्ये कक्षा १ देखि १० सम्मका ५ सय ७४ जना विद्यार्थीहरु मतदाता रहेका छन भने ५९ जना उमेद्वार मध्ये ११ जना निर्वाचित हुने छन् । नव निर्वाचितहरुलाई १ वर्ष कार्यकालको लागि सपथ ग्रहण गराइ पदस्थापन गराइने छ उनीहरूको मतबाट नै क्याप्टेन छानिने भएको छ । विद्यार्थीहरूमा लोकतन्त्र व्यवस्था अनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न यसरी निर्वाचन आयोजना गरिएको विद्यालयका  प्रधानाध्यापक पुण्यप्रसाद सापकोटाले बताउनुभयो । उनीहरु नै भविष्यका कणदार हुने भएकाले चुनावको बारेमा जानकारी पाउने उहाँ भनाइ छ ।

सो कार्यक्रमा विधालयका शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो । विद्यालयमा प्ले गु्रप देखि कक्षा १० सम्मका विद्यार्थीहरु लाई  पठनपाठन गराउनुका साथै योग शिक्षा, म्युजिक शिक्षा, गायन शिक्षा र खेलकुद, नेतृत्व विकास गर्न र व्यवहारीक ज्ञान दिने लगायतमा पनि विद्यालयले विद्यार्थीहरुलाइ दक्ष बनाउदै आइरहेको छ ।