इटहरी/ राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी प्रदेश समितीका महामन्त्री लालबिक्रम थापालाई निलम्बन गरेको छ। पार्टीको केन्द्रिय अनुशासन बिभागले थापालाई अर्को निर्णय नहुञ्जेल सम्मका लागि निलम्बन गरेको हो।

रास्वपाले जारी गरेको बिज्ञप्तीमा जनता मावि इटहरी ९को नाममा दर्ता कायम रहेको इटहरी ९स्थित करिब २ कट्टा खाली जग्गा भाडामा लिनेदिने गरि लालविक्रम थापा समेत सञ्चालक रहेको सनमुन प्लाजा बीच भएको सम्झौता अनुसारको भाडा हाल सम्म नबुझाएको भनी बिभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित हुनका साथै सम्बन्धित बिद्यालयले लिखित रुपमा जानकारी गराएपछि प्रदेश सभापतिले लिखित रुपमा लालबिक्रम थापासँग जानकारी माग गरि सकेसम्म आफै यो मुद्दालाई किनारा लगाउन सुझाव गर्दा गर्दै सम्बाद प्रक्रियाने बन्द गरि कोशी प्रदेशको सामाजिक संजाल प्रयोग निर्देशिका २०८० को भावना र मर्म विपरित फेसबुक लाईभ गरि अनर्गल प्रस्तुति दिएकोले पार्टीको गम्भिर ध्यानाकर्षण हुन गएको र पार्टीको जिम्मेवार व्यक्तिले पार्टी अनुशासनको गम्भिर उल्लंघन गरेको ठहर गरेको उल्लेख छ।

बिज्ञप्तीमा अव उप्रान्त लालबिक्रम थापाबाट रास्खपाको प्रतिनिधि स्वरुप गरिएका पार्टीसँग सम्बधित कुनैपनि कार्यहरुलाई आधिकारिकता प्रदान नगरिने कोसी प्रदेश समितिले जनाएको उल्लेख छ।

साथै अर्को ब्यवस्थापन नभएसम्मका लागि आजकै मितिदेखि थापाले गर्दै आएको संगठन सम्बन्धी काम कार्बाहीहरु प्रदेश संगठन विभाग सचिवमार्फत हुने पार्टीको कोसी प्रदेश समितिले जनाएको छ।

chatake