काठमाण्डौ/ सभामुख देवराज घिमिरेले सरकारले बिश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालय शीतल निवास पठाउनुभएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार (आज) लिएको बिश्वासको मतमा केवल ६३ मत मात्र प्राप्त गरेपछि दाहाल पदमुक्त हुनुभएको छ। सो व्यहोराको पत्र संसद सचिवालयले राष्ट्रपति कार्यालयलाई पठाएको छ। अहिले सो पत्र राष्ट्रपति कार्यालय पुगिसकेको बताइएको छ।

संसद सचिवालयको पत्र पुगेसँगै आजै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आव्हान गर्ने हुनुभएको छ। कांग्रेस र एमालेले राष्ट्रपतिले सरकार गठनको आव्हान गर्नासाथ आजै नयाँ सरकारको दावी पेश गर्ने बताएका छन्।

-न्युज कारखाना