काठमाण्डौ/ नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि शुरु भएको छ। ललितपुरको गोदावरीमा सोमबारदेखि शुरु भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ।


मंगलबार बिहान ९ बजेदेखि शुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक बिषयमा प्रतिबेदन पेश गर्ने कार्यक्रम छ।


यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ।