काठमाण्डौ/ नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु हुदैँछ। च्यासल ललितपुरस्थित केन्द्रिय कार्यालयमा बैठक बस्ने भएको हो।

फागुन १० गतेसम्म जारी रहने बैठकमा समसायिमक राजनीतिक बिषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थित गर्नेलगायतका बिषयमा छलफल हुने महासचिव शंकर पोखरेलले बताउनुभयो।

बैठकमा मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको पनि केन्द्रिय समिति बैठकमा समीक्षा हुने महासचिव पोख्रेलले बताउनुभएको छ।