इटहरी / इटहरीमा दोस्रो वडा कप फुटबल प्रतियोगिता सुरू भएको छ ।

``खेलकुद हाम्रो सान, खेलाडी उत्पादन हाम्रो अभियान " भन्ने नाराका साथ युथ क्लब इटहरी वडा नम्बर १ आपगाछीको आयोजनामा राष्ट्रिय माविको खेलमैदानमा आज गतेदेखि वडा कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

आजको पहिलो खेलमा इटहरी २ नम्बर वडाका खेडाली र इटहरी १५ नम्बर वडाका खेलाडी बिच खेलमा इटहरी २ ले ३ गोल प्रहार गरेर विजय भएको छ ।  हाप पछिको खेलमा इटहरी १५ ले २ गोल प्रहार गरेको थियोे ।  खेलको म्यान अफ द म्याच इटहरी २ खेलाडी सिजल राईले १ हजार पुरस्कार पाएका थिए ।

प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने भएका छन् । त्यस्तै व्यक्तिगत विद्यातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक कोबिद  जंग कार्कीले बताए ।दैनिक म्यान अफ द म्याच हुनेलाई १ हजार नगद दिइने भएको छ ।

खेलाडीहरू देशका गहना भनेर खेलाडीहरूलाई वडा स्थरीय फुटबल प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाको वडा नं. १ का वडाध्यक्ष तथा इटहरी उपमहानगरपालिकाका कार्यबाहक मेयर रतन कार्की (कैलाश) ले  बताए।

प्रतियोगिताको विजेताले उपाधी सहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने भएका छन् । भोलिको खेलमा इटहरी ३ नम्बर वडा र इटहरी १७ नम्बर वडाको खेल हुने भएको छ ।

खेलाडीहरू देशका गहना भनेर खेलाडीहरूलाई वडा स्थरीय फुटबल प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाको वडा नं. १ का वडाध्यक्ष रतन कार्कीले बताए ।

युवाहरुलाई एकत्रित गर्ने तथा युवाहरुको खेलप्रतिको मोहले सबै इटहरी उपमहानगरपालिकाका युवाहरु खेलको माध्यमबाट नजिक ल्याउन सहयोग मिल्ने उद्देश्यले  फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक क्लका अध्यक्ष यामकुमार राइले बताए ।

त्यस्तै व्यक्तिगत विद्यातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक कोबिद जंग कार्कीले बताए । फाइनल खेल फागुन १३ गते हुने भएको छ ।

खेलमा  विशिष्ट अतिथि इटहरी उपमहानगरपालिका वडा नं. १ का वडासदस्य हरिहर चौधरी,इटहरी उपमनपा वडा नं. १ का महिला वडासदस्य कुमुद चौधरी , इटहरी वडा नं. २ का  वडाध्यक्ष माधवप्रसाद कोइराला,कोशी प्रदेश फुटबल संघका उपाध्यक्ष शिव न्यौपाने , राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेत , क्लबका प्रतिनिधि तथा खेलाडी ,हाँसपोसा युथ क्लबका अध्यक्ष सुमन दाहाल , अतिथिमा दाहाल,राहुल बस्नेत , अर्जुन बस्नेत ,  डिके राई , इटहरी २० का वडा सदस्य बहादुर तामाङ , विभिन्न राजनीति दलका प्रतिनिधि, स्थानीय खेलाडी लगाएतको सहभागीता रहेको थियोे ।

IMG-20240218-WA0165