भोजपुर : भोजपुरको षडानन्द नगरपालिका ७ को वडा भवन उद्घाटन भएको छ । वडाको सिंहवाहिनी टोलमा निर्मित वडाकार्यालयको नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले भवनको उद्घाटन गरेका छन् 

भवन उद्घाटक कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख उदासले वडाका जनताहरुलाई पायक पर्ने स्थानमा वडा कार्यालय स्थापन गरेर सेवा प्रदान गर्ने वातावरण वनाएकोमा वडाका पुर्व पदाधिकारी र वर्तमान पदाधिकारीप्रति राम्रो काम गरेकोमा प्रशंसा गरे  ।

नगर प्रमुख उदासले नगरको प्रशासकीय भवन समेत पहिलो कार्यकालका पदाधिकारीले डिपिआर गरेको र आँफुले त्यहिँ नगर भवन निर्माणको काम विना प्रतिशोध अगाडि वढाएको समेत वताए । उनले सवैको सहभागितामा वडा भवनलाई हराभरा वनाउन आग्रह गरेकाछन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै नगरपालिकाकी उपप्रमुख प्रमिला राईले वडा भवन निर्माण गरि नयाँ भवनवाट सेवा सुरु गरेर ७ नम्वरले महत्वपूर्ण उपलव्धि हाँसिल गरेको विचार व्यक्त गरिन । उनले वडा कार्यालय उद्घाटन हुनु ठूलो कुरा भएको उजागर गर्दै वडावाट दिईने सेवा प्रवाहमा चुस्त दुरुस्त हुनमा सम्पूर्ण वडावासीको पनि उत्तिकै भूमिका हुने वताईन् ।

नगरपाकिलाका प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार चापागाईँले कर्मचारी अभावमा व्यवस्थापन चुनैतीपूर्ण भएको विचार राखे । उनले राज्यको परिकल्पना वडावाटै सम्पूर्ण सेवा सुविधा जनतालाई प्रदान गर्ने भएता पनि कर्मचारी अभावमा सेवा दिन समस्या भईरहेको वताए । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अरुण माध्यमिक विद्यालयका प्रद्यानाध्यापक सञ्जीव न्यौपानेले वडा कार्यालयले विना ढिलासुस्ती चुस्त दुरुस्त सेवा प्रदान गरि शुसासनको प्रत्याभुति दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा वडा नम्वर ७ का पुर्व वडाध्यक्ष बुद्धसिं तामाङ्ले आफ्नो कार्यकालमा सुरु गरेकोकाम हालको कार्यकालले सम्पन्न गरि वडाको आफ्नै भवनवाट सेवा सुरुवात गरेकोमा पुर्व तथा हालको कार्यकालका पदाधिकारी तथा कर्मचारी र जग्गादाता प्रति धन्यवाद प्रकट गरे ।

उनले अघिल्लो कार्यकालमा क्याम्पसको भवनवाट एउटै कोठावाट २ वटा वडा सञ्चालन र एक जना सचिववाट ३ वटा वडाको सेवा दिनुपर्दाको वाध्यताको समेत स्मरण गरे । उनले आफ्नै वडा भवनवाट सेवा दिँदा प्रभावकारीहुने समेत विश्वास राखे ।

कार्यक्रमको समापन गर्दै वडाध्यक्ष दिपेश विष्टले पहिलो कार्यकालका पदाधिकारीले भवन निर्माण सुरुवात गरेर प्रसंसनीय काम गरेको वताए । उनले आँफु सधैं जनताको पक्षमा काम गर्न लागि परेको कारण अधिकांस वडावासीलाई पायक पर्ने स्थानमा कार्यालय निर्माण सम्पन्न गरि सेवा प्रदान गर्न थालिएको वताए । 

कार्यक्रममा वडा कार्यालयका जग्गा दाताहरु सुर्य वहादुर जोशीको परिवारका साथै खोम चन्द्र गुरागाईँ र हेमराज गुरागाईँलाई दोसल्ला, रुद्राक्षकोमाला र कदर पत्र सहित सम्मान पनि गरिएको थियो ।