खोटाङ / गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा फागुन १ गतेदेखि फागुन ४ गतेसम्म नमूना युवा संसद अभ्यास कार्यक्रम गरिएको हो।

राष्ट्र निर्माण एवं राष्ट्रिय विकासमा युवाको भूमिका र सम्भाव्यताको विकास र विस्तार गर्ने, युवालाई राष्ट्र एवं राष्ट्रियता, जनता र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति समर्पित र प्रतिवद्ध बनाउँदै उत्तरदायी र जवाफदेही बनाउने लगायतका उद्धेश्यसहित गाउँपालिकाले नमूना युवा संसद अभ्यास गरेको हो । गाउँपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा १६ वर्षदेखि २४ वर्ष उमेर समुहका २५ जना युवा युवतीको सहभागीता रहेको थियो।

जिल्ला समन्वय समिति खोटाङका सदस्य मोहन सुप्तिहाङको प्रमुख आतिथ्यतामा भएको नमूना युवा संसद अभ्यास कार्यक्रममा कविता वन र निर्मला गौतमले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

युवा वर्गमा सिर्जनशीलता, उद्यमशीलता तथा अन्वेषणात्मक क्षमताको विकास गर्दै राष्ट्रको आधारभूत शक्तिका रूपमा स्थापित गर्दै उनीहरुमा रहेका क्षमता उजागर गर्ने लक्ष्यका साथ नमूना युवा संसद अभ्यास गरिएको प्रशिक्षक वनले बताईन्।