रौतहट/ नेकपा एमालेका सचिब तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले एमाले नेतृत्वको सरकारले शुरु गरेका बिकासका योजनाहरु गठबन्धन सरकारले ठप्प पारेको बताउनुभएको छ। रौतहटको गरुडामा शुक्रवार भएको राष्ट्रिय युवा संघको जिल्ला भेलालाइ सम्बोधन गदै सचिव भट्टराईले त्यसो भन्नुभएको हो।

देशलाइ सम्बृद्धि बनाउने अभियान अन्र्तगत एमाले सरकारको पालामा ल्याएको बिकासका योजनाहरु यो गठबन्धनको सरकारले ठप्प बनाएको र देशमै अहिले बिकासका कामहरु ठप्प अबस्थामा रहेको भट्टराईको भनाई छ।

युवाहरुलाइ स्वरोगार बनाउने, औधोगिक क्षेत्रको बिकासका योजनाहरु, भौतिक पुर्वाधारका बिकासका योजनाहरु जस्ता काम अहिले ठप्प रहेको सचिब भट्टराईले बताउनुभएको हो। ‘अहिलेको अबस्थामा अन्य दलहरु एकातर्फ छन् भने नेकपा एमाले मात्रै एकातर्फ छ तर पनि नेकपा एमाले आफनो बिचारमा उभिएको पार्टी भएकाले सबैको भरोसाको पार्टी बनेको छ,’ पुर्वमन्त्री समेत रहनुभएका भट्टराईले भन्नुभयो।

नेकपा एमाले सबै जाती र सबै धर्मको एकताको पक्षमा रहेको बताउदै अगाडी भन्नुभयो, ‘नेकपा एमाले अहिले तराई मधेशको भरोसाको पार्टी बनेको र अर्को निर्वाचनमा मधेस एमालेमय बन्नेछ ।’ यस्तै उहाँले पार्टी बिभाजनलाई मेट्दै रौतहट बिस्तारै पुरानै अबस्थामा पुगिरहेको समेत बताउनुभयो।

राष्ट्रिय सभाको निर्वाचनको कोशी प्रदेशको मत परिणामले गठबन्धनको सरकारमा अन्तर बिरोध शुरु भएको बताउदै सचिब भट्टराईले बिस्तारै यो गठबन्धन भत्किने ठोकुवा समेत गर्नुभयो। एमालेको जनमत अझै बढदै गएको उल्लेख गर्दै भट्टराईले देशको सम्बृद्धिको लागि आउदो निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा एमाले जित्नुपर्ने बताउनुभयो।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा रौतहट इञ्चार्ज पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य उद्धब रेग्मी, अजयकुमार गुप्ता, रेखा झालगायतले युवाको परिचालनको बारेमा आ आफनो धारणा राख्नुभयो। आउँदो माघ २५ र २६ गते नेकपा एमाले रौतहटको जिल्ला अधिवेशन हुदैछ।

अधिवेशनलाई भब्य रुपमा सफल बनाउन युवा परिचालनको लागी युवा संघको शुक्रबार बैठक राखिएको थियो । बैठक युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादबको अध्यक्षतामा बसेको थियो । जिल्ला अधिवेशनको लागि आज १८ वटै पालिकामा प्रतिनिधि चयन हुदैछ। अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।

-न्युज कारखाना