इटहरी । नेकपा एमालेले कोशी प्रदेशका दुई जनासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । शुक्रवार बसेको सचिवालय बैठकले कोशी प्रदेशका निवर्तमान अध्यक्ष समेत रहेका तुलसी न्यौपाने सहित ६ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको महासचिव शंकर पोखरेलले बताए ।

उनका अनुसार कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपाने तथा दीपक कार्की रहेका छन । बागमतीबाट केशवराज पाण्डे, कर्णालीका विनोद शाह, मधेशका रामअवतार यादव, सुदूरपश्चिमका दामोदर भण्डारी रहेका छन । कार्की झापाका जिल्ला अध्यक्ष हुन भने अन्य प्रदेश कमिटीका पुर्व अध्ययक्ष हुन ।

प्रदेश अधिवेशनबाट अध्यक्षमा पराजित बनेका कोशीका विनोद ढकाल,वागमतिका कृष्ण दाहाल,गण्डकीका मायानाथ अधिकारी र लुम्बिनीका हरि रिजालको केन्द्रीय सदस्य पद स्वतः रिक्त भएको थियो ।