इटहरी/ सुनसरीको इटहरी ४ मा अवस्थित पाथिभरा सेकेण्डरी स्कुलले बालदिवसको अवसर पारेर पाथिभरा ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ। कक्षा पिजी देखि कक्षा १० सम्मका करिव ७ सय ४० जना प्रतियोगिबाट स्कुलले ट्यालेन्ट हन्ट गरेको हो।

इटहरीकै नमुना स्कुलको रुपमा स्थापित पाथिभरा स्कुलमा हरेक बर्ष पठनपाठनका अतिरिक्त अन्य बिधामा पनि ट्यालेन्ट बिद्यार्थीको खोजी गरेर उनिहरुलाई आफ्नो क्षमता अनुसार उच्च स्थानमा पुर्‍याउनका लागि आयोजना गर्दै आएको ट्यालेन्ट हन्टमा कक्षा पिजि देखि १० सम्मका करिव ७ सय ४० प्रतियोगि सहभागि थिए।

२०७७ सालदेखि नियमित सञ्चालन हुँदै आएको पाथिभरा ट्यालेन्ट हन्ट पहिलो र दोश्रो सिजन स्कुलले कोभिड १९का कारण भर्चुअल सञ्चालन गरेको थियो। स्कुलले प्रतियोगिताको तेश्रो सँस्करण भने स्कुलमा नै भौतिक रुपमा नै सञ्चालन गरेको थियो।

प्रतियोगिताको चौथो सिजनमा भने अभिभावकहरुको बृहत सहभागिता रहेको थियो। ट्यालेन्ट हन्ट अडिसन राउण्ड, क्वाटर फाईनल राउण्ड, सेमिफाईनल राउण्ड हुँदै ग्राण्ड फिनाले गरिएको र फाईनल राउण्डमा ३ सय ५० प्रतियोगिले प्रतिष्पर्धा गरेको स्कुलका प्रिन्सिपल गोपाल श्रेष्ठले बताउनुभयो।

कार्यक्रम अन्तरगत मन्टेश्वरीमा राईम्स, बालकबिता, ओरेटरी, आर्ट, हेन्डराईटिङ्ग, म्युजिक, डान्स, फेशन शो, पिएलई, एक्टिङ्ग प्रतियोगिता जुनियर प्राईमरीतर्फ नृत्य, म्युजिक, आर्ट, इङ्गलिस हेन्डराईटिङ्ग, एक्टिङ्ग, प्लेईङ्ग म्युजिकल इन्स्टुमेन्ट, स्पोटिङ्ग स्किल्स, ओरेटरी, स्टोरी टेलिङ्ग प्रतियोगिता गरिएको थियो।

यस्तै प्राथमिकतर्फ आर्ट, नृत्य, म्युजिक, इङ्गलिस हेन्डराईटिङ्ग, एक्टिङ्ग, प्लेईङ्ग म्युजिकल इन्स्टुमेन्ट, स्पोटिङ्ग स्किल्स, ओरेटरी, स्टोरी टेलिङ्ग प्रतियोगिता निम्न माध्यामिकतर्फ नेपाली हेन्डराईटिङ्ग, आर्ट, बेष्ट आउट अफ वेस्ट, स्पोटिङ्ग, पावर पोईन्ट प्रेजेन्टिङ्ग, फ्रि राईटिङ्ग, वोरेटरी, साईन्टिफिक एक्सपेरिमेन्ट, नृत्य, संगित, म्युजिकल ईन्टुमेन्ट प्लेइङ्ग प्रतियोगिता गरिएको थियो।

यसैगरी माध्यामिक तर्फ पनि नेपाली हेन्डराईटिङ्ग, आर्ट, बेष्ट आउट अफ वेस्ट, स्पोटिङ्ग, पावर पोईन्ट प्रेजेन्टिङ्ग, फ्रि राईटिङ्ग, वोरेटरी, साईन्टिफिक एक्सपेरिमेन्ट, नृत्य, संगित, म्युजिकल ईन्टुमेन्ट प्लेइङ्ग प्रतियोगिता गरेको प्रिन्सिपल श्रेष्ठले बताउनुभयो।

प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई आईतबार (आज) एक कार्यक्रमका बीच पुरस्कृत गरिएको प्रिन्सिपल श्रेष्ठले बताउनुभयो। कार्यक्रमका प्रथम, द्वितीय र तृतीय हुनेलाई ट्रफि, मेडल र प्रमाण पत्र, र हरेक बिधामा सान्त्वना हुनेलाई प्रमाण पत्र अनि फाईनलिष्टहरु सबैलाई प्रमाण पत्र प्रदान गरिएको प्रिन्सिपल श्रेष्ठको भनाई छ।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका शिक्षा अधिकृत फाल्गुनी काफ्लेले यस्ता कार्यक्रमले बिद्यार्थी र अभिभावकहरुलाई थप हौसला प्रदान गर्ने र बिद्यार्थीको प्रतिभालाई बाहिर निकाल्न मद्दत पुग्ने बताउनुभयो। अधिकृत काफ्लेले आगामी दिनमा यस्ता कार्यक्रमहरु हुदै जानुपर्ने भन्दै स्कुललाई शुभकामना दिनुभयो।

इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको, सभाध्यक्ष स्कुलका अध्यक्ष निर्मल कुमार रिजाल हुनुहुन्थ्यो। स्कुलकी शिक्षिका सुष्मा ढकालले सञ्चालन गरेको कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष जीतेन्द्र थापालगायतका अतिथि हुनुहुन्थ्यो।