इटहरी/ गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको इटहरीमा रहेको कस्तुरी कलेजले अभिभावकहरुको मन जित्दै आएको छ। स्थापनाकालदेखि नै विद्यार्थीहरुको अनुशासन र कडा परिश्रमले अभिभावकको मन जित्दै आएको हो।

इटहरी क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको अभावलाई परिपूर्ति गर्दै शैक्षिक तथा सामाजिक क्षेत्रमा लामो समय संलग्न भई अनुभव प्राप्त व्यक्तिहरूको संलग्नतामा बिक्रम सम्बत २०५५सालमा निजी क्षेत्रको लगानीमा कस्तुरी कलेज सञ्चालनमा आएको हो।

clz

पूर्वाञ्चलमै स्तरीय तथा अत्याधुनिक ल्याव भएको कलेजमा साइन्स, म्यानेजमेन्ट र कम्युटर साइन्स बिषय अध्यापन हुँदै आएको कलेजका प्रधानाध्यापक भूपेन्द्र न्यौपानेले बताउनुभयो। उहाँले स्थापनाकालदेखि नै विद्यार्थीको अनुशासन र कडा परिश्रमले अभिभावकहरूको मन जित्दै आएको बताउनुभयो।

एसईईको नतिजा प्रकाशित भएसँगै कस्तुरी कलेजमा कक्षा ११लागि भर्ना हुने विद्यार्थीको संख्यासमेत बृद्धि भईरहेको न्यौपाने बताउनुभयो। प्रवेश परीक्षाको नतिजाको आधारमा उत्कृष्ट बिद्यार्थीहरूलाई बिभिन्न बिद्यामा पूर्ण छात्रवृत्तिसहित अध्यापन भईरहेको उहाँले जनाउनुभयो।

असार २२ गते शनिबार प्रवेश परीक्षा रहेको र एक सयभन्दा बढी बिद्यार्थीहरुलाई छात्रवृत्ति दिइने उहाँको भनाइ छ। ‘दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा आधुनिक पद्धतिको प्रयोग गरी पठनपाठन गराइन्छ’, उहाँले भन्नुभयो, ‘सुविधा सम्पन्न पुस्तकालयसँगै अत्याधुनिक र सुविधा सम्पन्न साइन्स ल्याव, कम्प्युटर ल्यावलगायतको व्यवस्था हुँदासमेत विद्यार्थीको आकर्षण बढिरहेको छ।’ 

ccllzz

उहाँले बिहानी र दिवा सत्र गरी दुई सिफ्टमा अध्यापन हुँदै आएको जनाउनुभयो। दिवा सत्रमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको साथै पहाडी जिल्लाबाट अध्यापनका लागि आउने बिद्यार्थीहरुका लागि बिशेष ग्राह्यता राखिने कलेजको दाबी छ। 

न्यौपानेले अनुसार गरिब, दलित, जेहेन्दार, पिछडिएको वर्ग, दुर्गम क्षेत्र, असहायलगायतका छात्र छात्राहरुलाई पूर्णदेखि आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। कलेज प्रशासनका अनुसार कलेज बस बिहान र दिउँसो दुवै सिफ्टमा इनरुवा, लौकही, चक्रघट्टी, प्रकाशपुर पुग्नेछ। यसैगरी पूर्वतर्फ बेलबारी, लक्ष्मीमार्ग, भाउन्ने र डाँगीहाटसम्म बसको सुविधा रहेको छ। यता, तरहरा आसपासका भित्री गाउँसम्म र दक्षिणतर्फ खनार, दुहबीसम्म बसको सुविधा रहेको कलेजले जनाएको छ।

oneकलेजमा हाल मास्टर डिग्री समेत सञ्चालन हुँदै आएको छ। २०५९सालमा पूर्वाञ्चल बिश्वबिद्यालयबाट स्वीकृति लिई सेमेष्टर प्रणालीमा आधारित बिबिए अध्यापनको सुरुआत गरिएको न्यौपानेले बताउनुभयो।

उहाँका अनुसार बिबिए अध्ययनरत विद्यार्थीले २पटक नेपाल टप गरी गोल्ड मेडलसमेत प्राप्त गरिसकेका छन्। उच्च माध्यमिक शिक्षा परीषदको निर्देशन अनुसार प्लस २सञ्चालित उच्च माविहरूले स्कुल समेत सञ्चालन गर्नुपर्ने निर्देशन बमोजिम २०६३ सालमा कस्तुरी एकेडेमी स्थापना भएको उहाँको भनाइ छ। 

rambaranन्यौपानेका अनुसार स्थापनाकालमा २६जना विद्यार्थीबाट शुरु भएको र हाल कलेजको गुणस्तरीय शिक्षाका कारण बिद्यार्थीको रोजाइमा पर्ने गरेको छ। उहाँले भन्नुभयो, ‘खासगरी व्यवस्थापन विषयका लागि कस्तुरी कलेज आम मानिसको रोजाइमा पर्छ’।