इटहरी/ सुनसरीको इटहरीस्थित पाथिभरा माध्यामिक बिद्यालयमा लागुऔषध बिरुद्दको सचेतना कक्षा चलाईएको छ। स्कुलले कक्षा ८, ९ र १०कक्षामा अध्ययनरत बिद्यार्थीका लागि सचेतना कक्षा चलाएको हो।

धरान ६ स्थित आसरा सुधार केन्द्रको सहकार्यमा कार्यक्रम गरिएको स्कुलले जनाएको छ। सचेतना कार्यक्रममा लागुऔषधको सेवनले सामाजिक तथा व्यवहारिक सँगै स्वास्थ्यमा पर्ने नकारात्मक असर र ऐन कानुनबारे जानकारी गराएको आसरा सुधार केन्द्रका काउन्सिलर टिकाराम सिग्देलले जानकारी दिनुभयो।

pathi 2

सचेतना कार्यक्रममा लागूपदार्थ के हो ? यसले मानव स्वास्थ्यसँगै सामाजिक, पारिवारिक, भौतिक, र आर्थिक सँगै आफूलाई पनि कसरी नकारात्मक बनाउँछ ? भन्ने बिषयमा जानकारी गराईएको थियो।

काउन्सिलर सिग्देलले लागुपदार्थको सेवनका कारण स्वास्थ्य खराब हुनुका साथै यसको सेवनले ज्यान पनि जाने बताउनुभएको थियो।

pathi 3

कार्यक्रममा आसरा सुधार केन्द्रका प्रहरी निरीक्षक जस बहादुर लिम्बु, स्कुलका प्रिन्सिपल गोपाल श्रेष्ठलगायत शिक्षक अनि कर्मचारीको उपस्थिति थियो।