इटहरी/ एसइइ परिक्षामा सुनसरीको इटहरीस्थित सेफर्ड चिल्ड्रेन एकेडेमीका ७ जना बिद्यार्थीले ए प्लस अंक ल्याउँदै सतप्रतिशत उत्तिर्ण भएका छन्। नयाँ ब्यवस्थापनमा स्कुल सञ्चालनमा आएपछि स्कुलले यस्तो नतिजा ल्याएको हो।

२६जना बिद्यार्थी एसइइमा सहभागी भएकोमा सतप्रतिशत बिद्यार्थीले राम्रो नतिजा ल्याएको एकेडेमीका प्रिन्सिपल मिलन राईले बताउनुभयो। प्रिन्सिपल राईका अनुसार ७ जनाले ३ दशमलव ८० जिपिएसहित ए प्लस, १७ जनाले ए र दुईजनाले बि प्राप्त गरेका छन्।badhai

प्रिन्सिपल राईका अनुसार ३ दशमलव ८० जिपिएसहित अच्युत कुमार लम्साल सेफर्डबाट उत्कृष्ट भएका छन्। यस्तै सरोज दाहाल र रिजु काफ्लेले ३ दशमलव ७० जिपिए, ३ दशमलव ६६ जिपिएसहित सक्षम केसि, ३ दशमलव ६५जिपिएसहित जिया गुरूङ, ३ दशमलव ६० जिपिएसहित साइमन राई र सुशील दाहाल उत्तिर्ण भएका छन्।

प्रिन्सिपल मिलन राईले दिएको जानकारी अनुसार ३ दशमलव ५९ जिपिएसहित सरस्वती अधिकारी र अर्जुन ढकाल, ३ दशमलव ५५ जिपिएसहित रिजन लिम्बु, ३ दशमलव ५० जिपिएसहित दिया तामाङ, ३ दशमलव ४८ जिपिएसहित अञ्जली बास्तोला, ३ दशमलव ४६जिपिएसहित सोहन लिम्बु, ३ दशमलव ४० जिपिएसहित मानव अधिकारी, ३ दशमलव ३५जिपिएसहित त्रितिस घिमिरे उत्तिर्ण भएका छन्।

प्रिन्सिपल राईका अनुसार ३ दशमलव ३४ जिपिएसहित सम्राट बस्नेत, ३ दशमलव ३०जिपिएसहित तन्छोहाङ लिम्बु, ३ दशमलव २९जिपिएसहित सिरम अधिकारी र एलिस गुरुङ, ३ दशमलव २६ जिपिएसहित सुलभ कठेत, सलिजा राई र हिमानी पौडेल, ३ दशमलव २१जिपिएसहित सोनिया सुब्बा, ३ दशमलव २०जिपिएसहित सुप्रिया पेस्कर उत्तिर्ण भएका छन्।

उहाँले ३ दशमलव १९जिपिएसहित गृष्मा वनेम फागो र ३ दशमलव ०४ जिपिएसहित स्मारिका लिम्बु उत्तिर्ण भएको बताउनुभयो। प्रिन्सिपल राईले २०८०सालको कक्षा ८को विएलइमा पनि इटहरीमा सेफर्ड चिल्ड्रेन एकेडेमीले उत्कृष्ट नतिजा ल्याएको बताउनुभएको छ।

उहाँले यो सफलतामा बिद्यार्थीको अथक मेहेनत, अभिभावकहरुको निरन्तरको अभिभावकत्व अनि शिक्षक र स्कुल प्रशासनको निरन्तरको प्रयास मुख्य कारण रहेको भन्दै सबैलाई धन्यबाद दिनुभएको छ।