किड्स ह्याप्पी होमले मनायो अभिभावक दिवस

  • न्युजडेस्क
  • प्रकाशित मिति: चैत्र 29, 2075

सुनसरी/ सुनसरीको तरहरास्थित किड्स ह्याप्पी होमले बिविध कार्यक्रमका साथ अभिभावक दिवस मनाएको छ। इटहरी २०स्थित ह्याप्पी होमले बिविध कार्यक्रम गरेर अभिभावक दिवस मनाएको हो।

कार्यक्रमको अवसरमा ह्याप्पी होममा अध्ययनरत बिद्यार्थीले बिविध प्रस्तुती प्रस्तुत गरेका थिए। गुणस्तरीय शिक्षा प्रदान गर्न किड्स ह्याप्पी होमले भारतको आईरिस फ्लोरेट्ससँग सम्झौता गरिसकेको छ। ह्याप्पी होममा नेपालमै पहिलोपटक Talking Pen को सहायताबाट अध्यापन गराईने गरेको छ। 

शिक्षामा गुणस्तर बढाउने उदेश्यले ह्याप्पी होमले सम्झौता गरेको भन्दै प्रिन्सिपल रिता भुषालले भारतकै उत्कृष्ट चेन स्कुल मानिएको आईरिस फ्लोरेट्स बीच सम्झौता गरिएको र एक नम्बर प्रदेशमा किड्स ह्याप्पी होम आईरिस फ्लोरेट्सको पहिलो चेन स्कुल बनेको बताउनुभएको छ।

ह्याप्पी होमसँग सम्झौता भएपछि आईरिस फ्लोरेट्सले ह्याप्पी होमलाई ड्रेस, एकेडेमिक टुल्स, किताबहरु, टिचर ट्रेनिङ, सर्टिफिकेशनलगायतका बिषयमा सहयोग गर्नेछ।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी शिक्षा प्रमुख अम्बिका शाह, प्याब्सन सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेलगायतले स्कुलका बिषयमा बोल्नुभएको थियो। IMG_7946 IMG_7959 IMG_7963 IMG_7981 IMG_7978IMG_7988 IMG_7995 IMG_7993

र यो पनि :

किड्स ह्याप्पी होम र भारतको आईरिस फ्लोरेट्सबीच सम्झौता

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2019 - Purbikhabar.com All rights reserved