सुनसरीको इटहरी २० तरहरास्थित किड्स ह्याप्पी होमले भारतको आईरिस फ्लोरेट्ससँग सम्झौता गरेको छ। ह्याप्पी होमले शिक्षामा गुणस्तर बढाउने उदेश्यले सम्झौता गरेको हो।

ह्याप्पी होमकी प्रिन्सिपल रिता भुषालले भारतकै उत्कृष्ट चेन स्कुल मानिएको आईरिस फ्लोरेट्स बीच सम्झौता गरिएको भन्दै यो सम्झौतासँगै एक नम्बर प्रदेशमा किड्स ह्याप्पी होम आईरिस फ्लोरेट्सको पहिलो चेन स्कुल बनेको बताउनुभएको छ। ह्याप्पी होमसँग भएको सम्झौता अनुसार आईरिस फ्लोरेट्सले ह्याप्पी होमलाई ड्रेस, एकेडेमिक टुल्स, किताबहरु, टिचर ट्रेनिङ, सर्टिफिकेशनलगायतका बिषयमा सहयोग गर्नेछ। 5678

६ बर्षदेखि सञ्चालनमा रहेर कक्षा २ सम्म अध्यापन हुँदै आएको ह्याप्पी होममा अव नेपालमै पहिलोपटक Talking Pen को सहायताबाट अध्यापन गराईने भएको छ। 223344

सो पेनका कारण साना बिद्यार्थीको अंग्रेजी अक्षर र शब्द उच्चारण शुद्ध हुने भएकोले यो प्रभावकारी रहने ह्याप्पी होमले दावी गरेको छ। आगामी दिनमा ह्याप्पी होमले आईरिस फ्लोरेट्ससँग सम्झौता गरेसँगै बिद्यार्थीलाई थप क्षमता अभिवृद्धी गर्न सहयोग पुग्ने जनाईएको छ। 890