इटहरी/ सखी प्रतिष्ठान जमल काठमाण्डौले कोसी प्रदेश सभा सदस्य मिना श्रेष्ठलाई सम्मान गरेको छ। प्रतिष्ठानले श्रेष्ठलाई उदाहरणीय छोरी भन्दै सम्मान गरेको हो।

इटहरी ६ निवासी श्रेष्ठले केहि समय अघि दिवंगत भएका बुवाको केश मुण्डन गर्दै १३दिने काजकिरिया गर्नुभएको थियो। छोराले मात्रै बाबुआमाको काजकिरिया गर्छन भन्ने भ्रम तोड्दै प्रदेश सभा सदस्य श्रेष्ठले केश मुण्डन गर्दै सेतो बस्त्र लगाएर बुवाको काज किरिया गर्नुभएको थियो।

बुवाको आशौच बारिरहनुभएकी श्रेष्ठ अहिले पनि सेतो बस्त्र धारण गरिरहनुभएको छ।